Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

शिक्षक महासंघको विवाद कायमै, अध्यक्षमा सुवेदी चयन

एमाले निकट शिक्षक संगठनलाई उपाध्यक्ष र महासचिव सहित ११ पद छुट्टाएर अरू पदमा भागबन्डा

विहीबार, २७ बैशाख २०८१

काठमाडौँ– नेपाल शिक्षक महासंघको आन्तरिक विवाद नमिलेपछि एमाले निकट शिक्षक संगठनलाई ११ पद छुट्टाएर अध्यक्षमा लक्ष्मी किशोर सुवेदी चयन भएका छन्  । संगठनले दोस्रो महाधिवेशन बहिस्कार गरेर वार्ता गर्दा पनि नमिलेपछि अरू १४ वटा घटक मिलेर नयाँ कार्यसमिति घोषणा गरेका हुन् । 

संगठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ र सदस्य ६ गरी ११ जनाको पद खाली राखिएको छ ।

सह अध्यक्षमा नानु माया पराजुली, उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्र प्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देवीदत्त पौडेल चुनिएका छन् । उपमहासचिव अर्थमा मदनराज जोशीलाई ल्याइएको छ । त्यसैगरी उपमहासचिव गुरु प्रसाद पौडेल र पुष्कर सापकोटा बनेका छन् ।

महासंघको सचिवमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबु प्रसाद जोशी, हरि प्रसाद जोशी र सुरेश शाह सोमार चुनिएका छन् । जिल्ला अधिवेशन एकलौटी गरेको,  महासंघको दोस्रो महाधिवेशन वैधानिक नभएको एमाले शिक्षक संगठनका नेता एवं पूर्व अध्यक्ष कमला तुलाधरले बताइन । 

 

प्रतिक्रिया