Edukhabar
विहीबार, १८ बैशाख २०८२
गतिविधि

मन्त्रिपरिषद्बाट पारित भए शिक्षकका माग [नौ बुँदा सहित]

ग्रेड थप, प्रचलित कानून बमोजिम दुर्गम भत्ता, नियमावलीमा व्यवस्था गर्ने

बुधबार, १७ बैशाख २०८२

काठमाडौ - शिक्षकहरुको माग सम्बोधन गर्ने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको छ । बुधबार दिउँसो शिक्षा मन्त्रालयमा तयार पारिएको खाकालाई बेलुका बसेको मन्त्रीपरिषद् बैठकले हुवहु पारित गरेको शिक्षा मन्त्री रघुजी पन्तले बताए ।  शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफुहरुले तयार पारेको सहमती प्रधानमन्त्रीलाई सुनाएको र त्यो मन्त्रिपरिषद्बाट पास गर्ने वचन प्राप्त भएको बताए । 

'हामीले सहमती प्रधानमन्त्रीज्यूलाई सुनायौं, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु भन्नु भयो' बालुवाटारमा बैठक बस्दै गर्दा शिक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पन्तले भने । 

हेर्नुहोस् मन्त्रिपरिषद्ले पारित गरेका माग जस्ताको त्यस्तै 

nirnaya

 

पत्रकार सम्मेलनमा गृह मन्त्री रमेश लेखक सहित महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी समित एमालेका मुख्य सचेतक महेश बर्तौला, काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, संसदीय समितिका सभापति अम्मर बहादुर थापा लगायतको सहभागीतिा थियो ।  

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुवेदीले आजकै मितिबाट सडक प्रर्दशन अन्त्य भएको घोषणा गरे । 

 असार १५ गते भित्र प्रतिनिधि सभाबाट शिक्षा विधेयक पारित गर्न संसदीय समिति, मुख्य दलका मुख्य सचेतकहरु सहित भएको छलफलमा सहमती भएसँगै प्रदर्शन अन्त्य गर्न महासंघ सहमत भएको हो । 

यस अघि शिक्षा मन्त्री विद्या भट्टराईले तयार पारेकै सात बुँदाका आधारमा शिक्षक महासंघले सहमती गरेको हो । शिक्षकका माग पुरा गर्दा सवा आठ अर्व थप दायित्व लाग्ने गरी भट्टराईले निर्णय गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेकि थिईन् । तर प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलले सहमती नजनाएपछि उनले राजिनामा गरेकी थिईन् । 

शिक्षकका माग पुरा गर्ने त्यो प्रस्ताव : सात बुँदा कार्यान्वयन गर्न सवा आठ अर्व

 शिक्षा मन्त्री भट्टराई र प्रधानमन्त्री ओली बिच टकरावको कारण 

प्रतिक्रिया