Edukhabar
आइतबार, २१ बैशाख २०८२
गतिविधि

१२ कक्षाको परीक्षा आजदेखि, परीक्षा दिने नियमित विद्यार्थी ७७ प्रतिशत

जापानबाट पनि ३७ जनाले १२ कक्षाको परीक्षा दिँदै छन् । परीक्षा व्यवस्थित गर्न ४८ हजार दुई सय नौ जना कर्मचारी परिचालित हुने छन् ।

आइतबार, २१ बैशाख २०८२

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको १२ कक्षाको परीक्षा लिन आइतबारदेखि सुरु गर्दैछ ।

वैशाख ११ देखि परीक्षा लिने कार्य तालिका भए पनि शिक्षक महासंघको आन्दोलनको कारण १० दिन सरेको थियो । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार देशभर एक हजार पाँच सय ९१ परीक्षा केन्द्रमा पाँच लाख ११ हजार पाँच सय २५ विद्यार्थीले परीक्षा दिँदै छन् । परीक्षामा सहभागी मध्ये तीन लाख ९५ हजार नौ सय आठ जना अर्थात् ७७.३९ प्रतिशत नियमित विद्यार्थी छन् । झन्डै २३ प्रतिशत अर्थात् एक लाख १५ हजार ६ सय १७ जना आशिंक विद्यार्थी  छन् । 

परीक्षामा दिनेमा बागमतीमा सबैभन्दा बढी चार सय परीक्षा केन्द्रमा एक लाख ३५ हजार दुई सय ४० जना विद्यार्थीले परीक्षा दिँदै छन् ।  सबैभन्दा कम कर्णालीमा ३८ हजार आठ सय ८८ जना  छन् ।

जापानबाट पनि ३७ जनाले १२ कक्षाको परीक्षा दिँदै छन् । परीक्षा व्यवस्थित गर्न ४८ हजार दुई सय नौ जना कर्मचारी परिचालित हुने छन् । 

परीक्षा दिनेमा काठमाडौँमा सबैभन्दा बढी ६८ हजार एक सय ३३ विद्यार्थी छन् । 

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति  रहेकोले त्यही समितिले अनुगमन र पर्यवेक्षणको व्यवस्था मिलाएको बोर्डले जनाएको छ । 

परीक्षा अवधिभर सूचना आदान प्रदान गर्न उपनियन्त्रकको नेतृत्वमा ०१६६३८१४९, ०१६६३०७४७ नम्बरमा परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरेको बोर्डले जनाएको छ । त्यस्तै बोर्डले परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेक अन्य कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान निषेध गरेको छ । 

परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अघि प्रश्न पत्र इमेलबाट परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ । 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया