Edukhabar
शुक्रबार, १६ जेठ २०८२
खबर/फिचर

सामुदायिक माविलाई सूचना प्रविधि शिक्षक अनुदान

उक्त अनुदान कोटा स्थानीय तहसँगको साझेदारीमा उपलब्ध गराउने

बुधबार, १४ जेठ २०८२

हेटौंडा - बागमती प्रदेश सरकारले सामुदायिक माध्यमिक विद्यालयहरुमा सूचना प्रविधि शिक्षक अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार सार्वजनिक प्रदेश सरकारको आगामी बर्षको नीति तथा कार्यक्रममा उक्त अनुदान कोटा स्थानीय तहसँगको साझेदारीमा उपलब्ध गराउने उल्लेख छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा बुधबार प्रदेशसभा बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति कार्यक्रममा शून्य दरबन्दी भएका सामुदायिक माध्यमिक विद्यालयहरुलाई दिईदैं आएको अनुदानलाई पुनरावलोकन गर्ने समेत उल्लेख गरिएको छ । 

'शून्य दरबन्दी भएका सामुदायिक माध्यमिक विद्यालयहरुलाई दिईदैं आएको अनुदानलाई पुनरावलोकन गरिने छ' नीति तथा कार्यक्रममा भनिएको छ 'स्थानीय तहसँगको साझेदारीमा सूचना प्रविधि शिक्षक अनुदान कार्यक्रम सञ्चालन गरिने छ ।' 

प्रदेशको समग्र विकास कार्यहरुलाई अध्ययन अनसुन्धानमा आधारित बनाउन विश्वविद्यालय तथा अनसुन्धान प्रतिष्ठानहरुसँग सहकार्य गर्ने उल्लेख भएको नीति तथा कार्यक्रममा लोपोन्मखु र अति सिमान्तकृत समुदायका बालबालिकाहरुको पहँचु र गणुस्तरीय शिक्षाको सुनिश्चितताका लागि सामुदायिक विद्यालयमा आवासीय कार्यक्रमलाई निन्तरता दिने पनि उल्लेख छ । स्थानीय तहको साझेदारीमा आवश्यकता अनुसार आवासीय विद्यालय विस्तार गरिने प्रदेशको नीति छ । अनिवार्य तथा नि:शुल्क शिक्षाको कार्यान्वयनमा तहगत सरकारसँग सहकार्य गर्ने उल्लेख गर्दै नीति तथा कार्यक्रममा विद्यालय तहदेखि नैतिक शिक्षा र सीप शिक्षा कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग सहकार्य गरिने उल्लेख छ । 

प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख शिक्षा नीतिका मुख्य बुँदा : 

- सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन हुदैँ आएको व्यावसायिक सिकाइ कार्यक्रमलाई निरन्तरता दिईने ।

- गुणस्तरीय शिक्षा, सबैको इच्छा भन्ने मर्मलाई आत्मसात् गदै प्रदेशको शैक्षिक गुणस्तर मापदण्ड तर्जुमा गरी कार्यान्वयनका लागि आवश्यक प्रबन्ध गरिने ।

- सामुदायिक विद्यालयहरुमा आधुनिक प्रविधि मैत्री र अनसुन्धानमा आधारित भिम बहादुर तामाङ शैक्षिक गणुस्तर सुधार कार्यक्रम सञ्चालन गरिने ।

- विपद्बाट क्षतिग्रस्त पूर्वाधार निर्माण एवम् शैक्षिक पूर्वाधार निर्माणलाई निरन्तरता दिइने । 

- बागमती प्रदेश विश्विवद्यालयको संस्थागत सुदृढिकरण एवं पुर्वाधार निर्माण गर्दै राष्ट्रको लागि आवश्यक उच्चस्तरीय जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरिने ।

- पुर्व राष्ट्र सेवकहरुमा रहेको ज्ञान, सीप र अनभुवलाई समुचित उपयोग गर्न प्रदेश स्थित सामुदायिक क्याम्पसहरुमा स्वयंसेवकको रुपमा ज्ञान तथा अनभुव हस्तान्तरण गराउने वातावरण मिलाईने ।

- “रोजगारीका लागि सीप भविष्य सुनिश्चित भन्ने नाराका साथ प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी उद्यम र रोजगारीसँग जोड्न औद्योगिक प्रतिष्ठानहरुसँग सहकार्य गरिने । यसका लागि प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को संस्थागत सबलीकरण गरिने ।

- विद्यार्थीमा वैज्ञानिक खोज तथा अनसुन्धान संस्कृतीको विकास गर्दै विज्ञान प्रविधीका क्षेत्रमा प्रतिभाको विकास गर्न क्त्भ्ः शिक्षा एवं विज्ञान मेलाहरु आयोजना गरिने । 

- विज्ञान प्रविधि र नवप्रवर्तन कोषलाई निरन्तरता दिइने ।

- विश्वविद्यालयका विभिन्न तह र संकायमा अध्ययनरत विद्यार्थीलाई इण्र्टनसीप एवम् स्वयं सेवकको माध्यमबाट प्रदेश सरकार एवं स्थानीय तहका विभिन्न कार्यालयहरुमा गई काम गर्ने र सिक्ने अवसर प्रदान गरिने । 

प्रतिक्रिया