भक्तपुर–यसवर्षको एसईईमा चार जीपीए ल्याउने विद्यार्थी काठमाडौं उपत्यकामा बढी देखिएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएका छन् ।
काठमाडौं उपत्यकाको मात्रै पाँच सय ४० जना छन् ।
कोरोनाको बेला विद्यालयले लिएको परीक्षमा सबैभन्दा बढी चार जीपीए ल्याएका थिए ।
यसपाली काठमाडौंमा सबैभन्दा बढी चार सय १० जनाले ४ जीपीए ल्याएका छन् । त्यसपछि ललितपुरमा एक सय जनाले चार जीपीए ल्याउन सफल भएका छन् । रुपन्देहीमा ८७ जनाले चार जीपीए ल्याएका छन् ।
कार्यालयका अनुसार कास्कीमा ६५ जनाले, चितवनमा ३७ जना, मोरङमा १८, धनुषामा २०, कैलालीमा सात जनाले चार जीपीए ल्याएका छन् ।
५४ हजार विद्यार्थी अनिवार्य नेपालीमा फेल
१० कक्षाको परीक्षामा सबैभन्दा बढी गणित विषयमा फेल भएका छन् । बोर्डका अनुसार एक लाख २८ हजार २ सय १५ विद्यार्थी गणितमा फेल भएका हुन् । परीक्षा दिएका मध्ये २६ प्रतिशत गणितमा फेल भएका हुन् ।
अंग्रेजीमा ८० हजार सय ७२, विज्ञानमा ७९ हजार दुई सय ७१, सामाजिकमा ४७ हजार दुई सय ७१ विद्यार्थीको एनजी आएको हो । ऐच्छिक विषयमा सबैभन्दा बढी एनजी आउनेमा अर्थशास्त्रमा ४२ हजार एक सय ५० जना छन् ।
प्रतिक्रिया