Edukhabar
बुधबार, २१ साउन २०८२
खबर/फिचर

ननग्रेडेड  वा अनुपस्थित विद्यार्थीलाई ग्रेडवृद्धिको मौका

सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढिमा कुनै दुइ विषयमा नन्ग्रेडेड भएका वा बढिमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीलाई मौका

सोमबार, १९ साउन २०८२

भक्तपुर - कक्षा १२ को सोमबार सार्वजनिक नतिजामा ननग्रेडेड भएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक परीक्षा हुने भएको छ । नतिजा सार्वजनिक पछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पुरक परीक्षाबारे जानकारी गराएका हुन् । 

परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढिमा कुनै दुइ विषयमा नन्ग्रेडेड भएका वा बढिमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।  

सोमाबार सार्वजनिक नतिजा अनुसार ६१।१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो गत बर्ष झण्डै ९ प्रतिशत बढि हो ।

पढ्नुहोस् : गत बर्षको तुलनामा नतिजामा सुधार

प्रतिक्रिया