काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)ले सस्मित पोखरेललाई शिक्षामन्त्री बनाउने भएको छ । जेन जी बिद्रोहको जगमा गत फागुन २१ गते भएको निर्वाचनमा पोखरेल काठमाडौ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् । पोखरेललाई शिक्षामन्त्री बनाउने निर्णय भएको रास्वपाका एक नेताले जानकारी दिए । नयाँ मन्त्रीमण्डलमा समावेश गरिने नामहरुका बारेमा पार्टिले निकै गोप्यता कायम गरेको थियो ।
पोखरेलले नेपाली कांग्रेसका महमन्त्री प्रदीप पौडेल र एमालेका नेता ईश्वर पोखरेललाई पराजित गरि संसदीय राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । यस अघि काठमाडौ महानगरका मेयर बालेन्द्र शाहको टिममा शिक्षा क्षेत्रको विज्ञका रुपमा पोखरेल संलग्न थिए । २०५२ फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेल वैकल्पिक राजनीतिक अभियानमा संलग्न रहँदै आएका थिए । उनी स्व. उज्जवल थापाको विवेकशील अभियानमा पनि संलग्न थिए । अमेरिकामा अध्ययन गरेका पोखरेलले काठमाडौं विश्वविद्यालय स्कुल अफ ल बाट कानुनमा स्नातक गरेका छन् । उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता समेत हुन् ।
निर्वाचन अघि रास्वपा र बालेन्द्र शाह बिच भएको सहमती देखि नै पोखरेल सकृय थिए । झण्डै दुईतिहाई जनमत सहित संसदको ठूलो दल बनेको रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रीहरुको नाम सार्वजनिक गरिएको हो ।
बिहीबार भएको सांसदहरुको सपथ लगत्तै पोखरेलले आफू मुलुक र जनताप्रति पूर्ण वफादार रही ईमान्दारीका साथ काम गर्ने बताएका थिए ।
जेन जी बिद्रोहको जगमा बनेको नयाँ सरकारमा शिक्षामन्त्री बनेका महावीर पुनले निर्वाचनमा उम्मेद्वारी दर्ता गर्ने दिन गत माघ ६ गते राजिनामा दिए पछि ४९ दिन देखि शिक्षा मन्त्रालय राजनीतिक नेतृत्व विहीन थियो ।
रास्वपा नेताहरुका अनुसार नयाँ मन्त्रीमण्डलको कार्यविभाजन यसप्रकार छ :
• बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री / उद्योग
• स्वर्णिम वाग्ले – अर्थमन्त्री
• सुदन गुरुङ – गृहमन्त्री
• शिशिर खनाल – परराष्ट्र
• सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास
• विराजभक्त श्रेष्ठ – ऊर्जा जलस्रोत तथा सिंचाइ
• खड्कराज पौडेल (गनेश) – पर्यटन
• निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
• विक्रम तिमिल्सिना – सञ्चारमन्त्री
• प्रतिभा रावल – सामान्य प्रशासन
• दीपक साह (महोत्तरी) – श्रम मन्त्री
• सोविता – गौतम कानुन
• सीता वादी – महिला, बालबालिका
फोटो : बिहीबार भएको सांसदको सपथ ग्रहण पछिको ।
प्रतिक्रिया