काठमाडौ - मन्त्रालय सम्हालेको दुई दिनमै शिक्षामन्त्री सस्मित पोखरेल र मन्त्रालयका कर्मचारीबिच 'टसल' भएको छ । ब्रिज कोर्षका नाममा हुँदै आएका कक्षा सञ्चालनमा रोक लगाउने विषयमा भएको निर्णयले राजनीतिक र प्रशासनिक नेतृत्वबिचको टसल छताछुल्ल बनाएको हो । मन्त्रीस्तरीय निर्णयको हवाला दिदैं मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षर गरिएको र मन्त्रालयकै वेवसाईट मार्फत् सार्वजनिक गरिएको विज्ञप्ति अहिले वेवसाईटबाटै हटाईएको छ ।
मन्त्रीकै निर्देशन पछि उक्त विज्ञप्ति हटाईएको मन्त्रालयका एक उच्च कर्मचारीले दावी गरे ।
'ब्रिज कोर्षका कक्षा बन्द गर्ने विषयले मन्त्रालय र मन्त्री बिचको सम्बन्धमा शुरुमै चिसोपना बढाईदियो' ती कर्मचारीले भने ।
विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्षका कक्षा आगामी बैशाख १ गते देखि बन्द गर्ने भन्दै मन्त्रालये विज्ञप्ति जारी गरेको थियो । विज्ञप्ति सार्वजनिक भएको केही घण्टामै मन्त्री पोखरेलले आफ्नो फेसबुक मार्फत् कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका अतिरिक्त कक्षाहरु ईन्ट्रान्स प्रिपरेसन र ब्रिज कोर्षहरु मात्रै बन्द गर्ने निर्णय भएको उल्लेख गरेका थिए ।
आफ्नै निर्णयमा शिक्षामन्त्रीको विरोधाभाष
रामनवमीको सार्वजनिक विदाको दिन शुक्रबार नियुक्त भएर पोखरेलले त्यही दिन पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेकै दिनको निर्णय भन्दै मन्त्रालयले आईतबार अबेर वेवसाईट मार्फत् ब्रिज कोर्षका कक्षा सञ्चालनमा रोक लगाएको थियो ।
प्रतिक्रिया