Edukhabar
विहीबार, ०६ बैशाख २०८१
गतिविधि

आइटी किन र कसरी पढ्ने ? 

शुक्रबार, ०८ माघ २०७२

काठमाडौँ, ८ माघ ।  सरकारले प्राविधिक शिक्षा चलाउन सकेन भनेर आलोचना धेरै हुन्छ । तर एक जना विद्यार्थी जो आइटी (सुचना प्रविधि) पढेरै आफ्नो जीवन यापन मात्र होइन अरुलाई रोजगारी दिने बाटोमा अगाडी बढिरहेका छन् । आइटीमा स्नातकोत्तर अध्ययन गर्दै गरेका र केही विद्यालयमा समेत पढाउने दिनेश राज कार्कीको आइटी भिल्ला कम्पनी समेत छ । उनको अनुभवमा आइटी किन र कसरी पढ्ने त ? 

आइटी किन पढ्ने ? 

– पहिलो कुरा नेपालमा आवश्यकता भन्दा बढी नै सैद्धान्तिक शिक्षा छ । यसको सदुपयोग र प्राविधिक विषयका बारेमा जान्न आइटी पढ्ने ।

– आइटीमा भविष्य सुनिश्चित छ। अरु विषयजस्तो स्नातकोत्तर तह नै पार गरेपनि पढाइ अनुसारको तलब नपाउने चिन्ता आइटी पढ्दा हुदैन् । आइटीमा जति गर्न सकिन्छ । त्यति पैसा कमाउन सकिन्छ । ऋण गरेर पढिरहनुपर्दैन् । पढ्दै काम गर्न सकिन्छ ।

– अबको समय विज्ञान र प्रविधिको हो । सैद्धान्तिक कुरामा अब सायदै अरुको चासो जान्छ । त्यसैले प्रविधि र कम्प्युटर अनि सुचना प्रविधिका बारेमा जानकारी राख्न पनि आइटी पढ्नुपर्छ । 

– नेपालमा पढेर मात्र हुदैन् । पढेपछि जागिर खान पनि नेता र चिनेजानेको मान्छेको सोर्स फोर्स चाहिन्छ । तर आइटी पढ उल्टै नेतालाई उछिन्न सकिन्छ । कसैको आशिरवाद र दयामाया चाहिदैन् । एक   बर्षमै जीवन धेरै फेरिन सक्छ । 

– आइटी पढ्दा कसैको भर पर्नुपर्दैन् । एउटा ल्यापटप या कम्प्युटर भए सबै त्यसैमा । काम गर्न अफिस पनि जानुपर्दैन् ।  राम्रो इन्टरनेट भए घरैमा काम । त्यसैले पनि आइटी पढ्नुपर्छ । 

– अहिले हरेक मान्छेहरु यसका बारेमा सोधी खोजी गरिरहेका छन् । नेपालको कुनाकाप्चामा एकदिन इन्टरनेट पुग्छ अनि कम्प्युटर पनि । भोली ती ठाउँमा पढाउन जाने पनि तपाई र त्यहा दिएको      सुविधामा पैसा कमाउने पनि तपाई । त्यसैले आइटी पढौँ । 

– मानिसहरुको व्यस्त जीवनशैली छ । व्यस्त जीवनशैलीमा हरेक मान्छेहरु आफुलाई विशेष बनाउन चाहन्छ । त्यसको सबैभन्दा उत्तम प्रयोग भनेको आइटी र इन्टरनेट हो । यो दुबैलाई जान्न आइटी  पढ्नैपर्छ । 

 

विद्यार्थीले आइटी कसरी पढ्ने त ? 

– अहिले गाउँगाउँका विद्यालयमा कम्प्युटर छन् । कम्प्युटरको सामान्य ज्ञान राख्ने ।

– कम्प्युटरसम्बन्धि धेरै किताबहरु अहिले पनि बजारमा पाइन्छन् । त्यसको अध्ययन गर्ने ।

– आफुसंग भएको मोबाइलमा भएका कुरालाई जिज्ञासु भएर सोच्ने र एपहरु चलाउने । 

– कक्षा १० सम्म पढ्नेले आधारभूत कम्प्युटरसम्बन्धि कोर्स पढ्ने । कतिपय कलेजमा आइटी वा कम्प्युटर विज्ञान विषय पढाई हुन्छ । त्यो विषय लिएर पढ्ने । 

– एसएलसी सकेपछि सिटीईभिटीबाट आइटी पढ्न सकिन्छ । नभए व्यवस्थापन र विज्ञान विषय पढेर पनि आइटी पढ्न सकिन्छ । 

– एसएलसी या प्लस टु मा कम अंक आयो भन्दै अलिकति पनि निराश हुुनुपर्दैन । आइटीमा प्रमाणपत्रको अंक होइन दिमागमा आउने सिर्जनात्मक कामको अंक चाहिन्छ । जति धेरै खेलाउन र चलाउन    सक्यो त्यसैमा धेरै अंक र विकास हुन्छ । 

– आइटीको स्नातक तह पढ्ने प्राय सबैले आफ्नो भविष्य सुरक्षित गरिसकेका हुन्छन् । तर आफुले आइटीमा पनि कुन क्षेत्रको बारेमा पढ्ने त्यो स्पष्ट हुनुपर्छ । 

– आइटी पढ्न धेरै पैसा लाग्दैन् । तर निशूल्क पढ्न नपाइने यो विषयमा रुचि र चिन्तन भयो भने पैसा खर्च गर्नैपर्छ भन्ने पनि छैन् । 

– सिटीइभिटीको छात्रबृत्तिमा नाम निकाल्न सक्यो भने पनि आइटी पढ्न सकिन्छ । 

 (कुराकानीमा आधारित)

 

प्रतिक्रिया