Huta Mani Adhikary
अहिले सबैतिर अस्थायी शिक्षक बिदाइको चर्चा छ ।बर्तमान शिक्षा जगतका मुल समस्याका रुपमा तिनलाई मात्रै मानेर अब तिनलाई ठेगान लाए पछि शिक्षा क्षेत्रका तमाम समस्या हल हुन्छन् भन्ने खालका समाचार बिचारको बाढी देखिन थालेको छ । समस्याको जरो शिक्षकमा मात्र होइन अन्यत्र पनि खोज्नुपर्छ , शिक्षकमा मात्र खोट देख्ने प्रवृत्तिले र मनसिकताले कहिल्यै समाधान नभेटिने सत्यलाई जिम्मेवारहरुले अात्मसात गर्न सक्नुपर्छ ।समस्या शिक्षकमा पनि रहेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ तर अस्थायी मात्र समस्या होइनन् , २० / २५ बर्ष सेवा पुगेका कहिल्यै अाफुलाइ अपडेट नगर्ने , पुरानो सोच शैलीका, बर्षौं देखि एउटै स्कुलमा जरा गाडेर बसेका अधिकांश स्थायी शिक्षक पनि समस्याको रुपमा रहेकोले गोल्डेन ह्यान्डसेक २ को र शिक्षा प्रशासनका कर्मचारीहरुका लागि गोल्डेन ह्यान्डसेक ३ समेतको ब्यबस्था हुनु अाबश्यक देखिन्छ ।
यो कुनै नौलो प्रस्ताव हैन। २०६६ साल र २०६८ सालमा सरकार र शिक्षक युनियन, गणतान्त्रिक मञ्च बिच भएको सहमतिमा यो विषयको उठान मात्र हैन आम सहमति भइसकेको थियो। शिक्षा ऐनको आठौं संशोधन गर्दा छुटाइएका तिनवटा सहमतिहरु मध्ये एउटा यो हो। अरु दुइवटा २०६२-०६३ को ५०% प्रतिशत दरवन्दीमा लिखित परीक्षामा उत्तीर्ण गरेका शिक्षकहरुलाई स्थायी नियुक्ति दिने र अपांगता भएका शिक्षकहरुको सेवा निवृत्त हुने समय साधारणहरुको भन्दा कम बनाउने भन्ने पनि थियो। त्यसकारण विमति जनाउने ठाउँ छैन, पेन्सन भइसकेका शिक्षकहरुले सेवा निवृत्त हुन चाहेमा जानसक्ने बाटो खुला गरी प्रतिस्पर्धी युवाहरुलाई प्रणालीमा भित्र्याउनु अहिले मानव संशाधन विकासको एउटा स्वभाविक प्रकृया नै हो।
स्थायी ,अस्थायी ,करार भनेर बर्गिकरण गर्नु भन्दा कामको मुल्याङ्कन हुनु पर्छ ।स्थायी नियूक्ती पत्रलाई केही शिक्षकहरुले अल्छी गर्नपाउने लाइसेन्स सम्झनेहरुलाई अब अलि अप्ठेरो हुन सक्छ । यो कामको थालनी स्थानीय सरकारले गर्छ कि हेर्न बाकी नै छ ।
कुरो एकदम सहि लाग्यो तर चित्तबुझ्दो तरिकाले लामो अबधि सम्म काम गरेका शिक्षकलाई बिदाई गर्न सक्ने या नसक्ने भन्ने कुरो मात्र हो !
पुराना भाग्यले साथ दिएर भनु वा .... ले प्रमाेसन पनि भा का अझ हेडमास्टर भइ स्कुलमा भन्दा बाहिर नै वढि दाैडि रहन खाेज्नेले त विध्यालय नाजुक िस्थतिमा पुगेकाे ध्रवसत्य हाे।
I believe it is the truth
It is a Positive thinking about permanent teachers. Golden Handshake of permanent teacher will be welcome for those teachers.