Edukhabar
बुधबार, १२ बैशाख २०८१
जिव्रो

त्रिवि सेवा आयोगको नियुक्ति प्रति कडा टिप्पणी

शुक्रबार, ०७ साउन २०७३
Mana Prasad Wagley

संसारमै अग्रणी उच्च शिक्षा नेपालमा

एउटा राजनीतिक गणेश कार्यकर्ताले विश्वविद्यालय हाँक्ने भएपछि किन चाहियो पिएचडी? त्यस्ता नन-पिएचडीले दिएको पिएचडीको मूल्य कति हुने हो? न त डीन बन्न न त उपकुलपति बन्न केलाई चाहियो पिएचडी? हुँदा हुँदा पिएचडी गरेका उम्मेदवारको अन्तर्वार्ता लिएर नियुक्ति दिने संस्था प्रमुखलाई पनि पिएचडी नचाहिने भएपछि संसारमै नेपालको उच्च शिक्षा अग्रणी छ भनेर मान्नु पर्छ/ एमए पास गरेकोले एमफिल र पिएचडी तह लगाउने एक मात्र नमुना मुलुक नेपाल भएकोमा गर्व नगरी कसरी रहन सकिएला? धेरै बुद्धि भएका कुलपति र सहकुलपति भएको मुलुकमा यत्ति पनि प्रगति नगरे लोकले के भन्लान?

कठै तिनका बुद्धि!!!!! बिडम्बना जव पिएचडीवालाले नै त्यस्ता नन-पिएचडी प्रमुखलाई फूलको माला र अवीर दलेर आफ्नो मान-मर्दन गरी गर्व गर्छन/ अरुलाई के वास्ता? हैन त? के का लागि बसेका हुन् प्राध्यापक संघ र तिनका आसेपासे क्याम्पस पिच्छेका संस्थाहरु? लाजै मर्दो छि: !

नियुक्ति सम्बन्धि खबर पढ्नुहोस् : सरकार जाँदा जाँदै शिक्षामा पनि नियुक्ति, त्रिबि सेवा आयोगमा शर्मा

प्रतिक्रिया