Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विदेशमा शिक्षा

कन्सल्टेन्सीको ठगी अष्ट्रेलिया पठाई दिने भन्दै रकम उठाउने पक्राउ

विहीबार, १३ साउन २०७३

काठमाडौं - प्रहरीको छापा र राजश्वको अनुसन्धानका कारण केही समय रोकिएको कन्सल्टेन्सीको ठगी धन्दा फेरी शुरु भएको छ । अष्ट्रेलिया पठाई रोजगारी समेत लगाई दिने भन्दै रकम असुल्दै आएको एक कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेसंगै उनीहरुको धन्दा शुरु भएको पुष्टि भएका हो । गैह्र कानुनी तवरले रकम लिई ठगी गरेको बालाजुको युरो फाउण्डेशन कन्सलटेन्सीका सञ्चालक बिनोद अधिकारीलाई प्रहरीले ५ लाख ८० हजार रुपैंया सहित पक्राउ गरेको हो ।

कन्सलटेन्सीले २०६९ सालदेखी गैह्रकानुनी रुपले अष्ट्रेलियामा  पठाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ ।

प्रति व्यक्ति ८ लाख रुपैंया लाग्ने भनी रकम लिएको प्रहरीले जनाएको छ । अधिकारीले मोहन कार्कीबाट ४ लाख, कृष्णा लामिछानेबाट ५ लाख, राजन गौतमाबाट ३ लाख, दिपक पन्तबाट १ लाख ५० हजार, राजन महर्जन, घनश्याम सापकोटा समेतबाट रकम लिएको प्रहरीले जनाएको छ ।

कन्सलटेन्सिमा सञ्चालक मध्ये रामजि अधिकारी दुवई र आङखेवा लिम्बु मलेशिया रहेको र बिनोद अधिकारीले कन्सलटेन्सिमा काम गर्ने र बेरोजगार युवा युवतिलाई सम्पर्कमा ल्याई रकम लिई काम गर्ने गरेको खुल्न आएको छ ।

यी बाहेक अन्य धेरै व्यक्तिहरुबाट समेत त्यसरी नै ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । रामजि अधिकारी, बिनोद अधिकारीको घर नुवाकोट काउली गा.बि.स.वडा नं.१ र आङखेवा लिम्बुको तेह्रथुम सुडाप  ४ घर तथा बिष्णु मल्लको घर म्यागदी रहेका प्रहरीले जनाएको छ ।

अधिकारीलाई गत मंगलबार पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारवाहिको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको छ ।

प्रकाशित मिति २०७३ साउन १३ गते

प्रतिक्रिया