Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

क्यानडा पठाईदिने भन्दै १८ जनाबाट ६५ लाख ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राऊ

बुधबार, १९ साउन २०७३

काठमाडौं - विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिन खुलेका कन्सल्टेन्सीको ठगी धन्दा बढ्दै गएको छ । व्राइट फ्यूचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक राम प्रसाद खनालले क्यानडा पठाईदिने भन्दै १८ जनाबाट ६५ लाख १४ हजार ५ सय रुपैंया उठाएर भागेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

अर्घाखाँची  खनदह ९ स्थायी ठेगाना भएका ३६ बर्षे खनाल वुढानिलकण्ठ बस्दै आएका थिए ।  क्यानडामा जागिर सहित पीआर उपलब्ध गराईदिने लोभ देखाएर खनालले प्रतिव्यक्ति १२ देखि १८ लाख रुपैंया लाग्छ भन्दै रकम उठाएका थिए । १८ जनाबाट उठाएको रकम लिएर भोगेपछि पिडितले महानगरीय अपराध महाशाखामा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले मंगलबार महाराजगञ्जबाट खनाललाई पक्रेको हो ।

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठग्ने  कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेको एक हप्ता नवित्दै प्रहरीले क्यानाडाको पिआर र जागिरको समेत ग्यारेण्टि गर्दै पैसा असुलेर भागेका सञ्चालक पक्राउ गरेको हो ।

पढ्नुहोस् : कन्सल्टेन्सीको ठगी अष्ट्रेलिया पठाई दिने भन्दै रकम उठाउने पक्राउ

खनालले दुर्गा बहादुर पुन, गोविन्द प्रसाद रेग्मी, प्रकाश थापा, जितेन्द्र शेरचन, रविन कुमार रौनीयार, कृष्ण पाण्डे, देव राज राई, नविन कुमार झा, उमेश खड्का, रेखा कडेरीया, कल्पना कडेरीया, निशा बराल, रिमा क्षेत्री, बिक्रान्त के.सी., राजन सुवेदी, रामचन्द्र पौडेल, सुनिल घिमिरे, बबिता गुरुङ समेत १८ जनाबाट रकम उठाएको प्रहरीले जनाएको छ ।

उक्त कन्सल्टेन्सीले धेरै व्यक्तिहरूलाई त्यसरी ठगी गरेको हुनसक्ने देखिएकोले उक्त विषयमा समेत अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

विदेश जाने लोभमा कन्सल्टेन्सीका बारेमा बुझ्दै नबुझि पैसा बुझाउने गर्दा ठगी गर्नेहरुलाई सजिलो हुँदै आएको छ ।

प्रकाशित मिति २०७३ साउन १९ गते

प्रतिक्रिया