Edukhabar
मंगलबार, २७ जेठ २०८२
अन्तैवाट

ओबामाले नेपाली किशोरीको शिक्षामा सहयोग गर्ने

शुक्रबार, २४ भदौ २०७३

काठमाडौं २४ भदौ /अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका किशोरीको शिक्षाका लागि सहयोग गर्ने घोषणा गरेका छन् । आसियान राष्ट्र सम्मेलनमा सहभागी हुन लाओस् पुगेका ओबामाले नेपाल र लाओसका लागि किशोरी शिक्षामा सहयोग गर्ने बताएका हुन् ।

ओबामाले ह्वाइट हाउसले सार्वजनिक गरेको ‘लेट गल्र्स लर्न’ कार्यक्रम अन्तर्गत नेपालका किशोरीको लागि शिक्षामा सहयोग गर्ने घोषणा गरेका हुन् ।

ह्वाइट हाउसले यो कार्यक्रम विद्यालय शिक्षा पूरा गर्न नसकेका किशोरीका लागि केन्द्रित गरेर घोषणा गर्दै आएको छ । यो अमेरिकी सरकारको कार्यक्रमले यस अघि मालवी, जान्जानियालगायत देशका किशोरी लाभान्वित भएका छन् ।

यो घोषणा गर्न पाउदा गर्व लागेको विज्ञप्ति ह्वाइट हाउसले सार्वजनिक गरेको छ । विज्ञप्तिमा हाम्रा बालिका र महिला सफल नभएसम्म देश संसारमा सफल हुन सनक्ने उल्लेख गरिएको छ । किशोर जस्तै किशोरीसमेत सफल हुनुपर्ने समेत उल्लेख गरिएको छ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया