काठमाडौं २५ भदौ / डा. गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थानका डिनलाई शुक्रबार पत्र लेखेर नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन आग्रह गरेका छन्। उनले काठमाडौं उपत्यकामा प्रस्तावित एक मेडिकल कलेजबारे चलिरहेका चर्चाले आफूलाई चिन्तित बनाएको उल्लेख गरेका छन् ।
प्रा.डा. कोसीले चिकित्सा शास्त्र अध्ययन संस्थानका डिनलाई शुक्रबार पत्र लेखेर नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन आग्रह गरेका छन् ।
पत्रमा डा.केसीले पछिल्लो समय काठमाडौं उपत्यकामा प्रस्तावित एउटा मेडिकल कलेजबारे चलिरहेका चर्चा परिचर्चाले आफूलाई चिन्तित बनाएको उल्लेख गरेका छन् । केसीले पत्रमा यस अघि संस्थानको फ्याकल्टी बोर्डले प्रस्ट रुपमा संस्थानबाट थप मेडिकल कलेजहरुलाई सम्बन्धन दिन नसक्ने निर्णय गरिसकेको उल्लेख गरेका छन् ।
केसीले माथेमा कार्यदलको सुझाव अनुसारसमेत काठमाडौं उपत्यकामा नयाँ चिकित्सा शिक्षण संस्था नखोल्ने बारेमा सरकारसँग आफ्नो बारम्बार भएको सम्झौताबारे डिनलाई अवगत नै भएको उल्लेख गरेका छन् । उक्त सम्झौता अनुसार सम्बन्धन, बिस्तारित कार्यक्रम वा प्रतिष्ठान कुनै पनि बहानामा उपत्यकामा नयाँ शिक्षण संस्था खोल्न नमिल्ने केसीको भनाइ छ ।
डा. केसीले कानुन अनुसार निर्णय गर्नु भन्ने सर्वोच्च अदालतको एउटा फैसलालाई बहाना बनाई उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन, दिलाउन चलखेल र दौडधुप भइरहेको जनाउँदै आपत्ति प्रकट गरेका छन् । डा.केसीले पत्रमा लेखेका छन्, ‘यसअघि त्रिविका भ्रष्ट पदाधिकारीहरुले नियम मिचेर आईओएम फ्याकल्टी बोर्डको निर्णय विपरीत काठमाडौंका विभिन्न भवनहरुमा पठाएको कथित अनुगमनलाई आधार मानी यति वर्षपछि सम्बन्धन दिनुपर्छ भन्ने बेतुकको तर्क अहिले गरिंदैछ । विवादास्पद र भ्रष्ट पृष्ठभूमिका केही व्यक्तिले आफ्नो संस्थाको सम्बन्धित बोर्डको निर्णय प्रतिकुल एकाध घण्टा घुमेर आफ्नो निहीत स्वार्थ हेरेर साँठगाँठपूर्वक दिएको त्यस्तो प्रतिवेदनलाई कुनै पनि रुपमा मान्यता दिनु यस संस्थाको मर्यादा र गरिमामाथि अक्षम्य प्रहार ठहरिन्छ ।’
अदालतलेमात्र फ्याकल्टी बोर्डले गरेको निर्णयबारे जानकारी मागेको कुरालाई मानहानिका रुपमा अपव्याख्या गरेर बोर्डका सदस्यहरुलाई ब्ल्याकमेलिङ गरेको त्रिवि उपकुलपतिको कदमको केसीले भर्त्सना गरेका छन् ।
कान्तिपुर प्रकाशित खबर ।
प्रतिक्रिया