Gajendra Budhathokiआज एसएलसीका सामाजिक शिक्षाका प्रश्नपत्र कुन एमाले, कांग्रेस वा माओवादीका हनुमान शिक्षकले बनाएको हो कुन्नी? विचरा विद्यार्थीहरू रूनु न हाँस्नु भएका थिए ।
२००७ सालदेखि २०१७ सालसम्म निरंकुश व्यवस्था थियो भन्ने ५ कारण देउ ।
०३६ सालका विद्यार्थी आन्दोलनबाट छुटेका नेताका अन्तर्वार्ता लिइ अखबारलाई रिपोर्ट बनाउ।
संघीयता देशका लागि किन अपरिहार्य छ, कारण खोल
स्थानीय निर्वाचन गराउन सम्बन्धित निकायलाइ सुझाव दिनुहोस् भन्ने लगायत प्रायः राजनीतिक प्रश्न रहेछन । मैले विद्यार्थीहरूलाई सोधेँ, कोर्षमा छ यो कुरा । प्रायःले भने छैन अंकल ।कोर्षका त २,३ वटामात्र होला ।
विद्यार्थीमाथि जबर्जस्ती राजनीति थोपर्ने यस्ता शिक्षकलाई त जहाँ भेट्यो, त्यहीँ समातेर नाकमा अकबरे खोर्सानी दल्दिए हुन्छ ।
प्रतिक्रिया