काठमाडौं २ मंसिर / मुलुकभरका प्रारम्भिक बाल विकास केन्द्र(इसीडी) मा कार्यरत सहयोगी कार्यकर्तालाई प्राथमिक तहका शिक्षक दरबन्दीमा रुपान्तरण गरिने भएको छ ।
इसीडीलाई पनि मूलधारको विद्यालयमा ल्याउने शिक्षा ऐनको व्यवस्था कार्यान्वयन गर्न शिक्षा मन्त्रालले यस्तो व्यवस्थ ागर्न लागेको हो ।
यस व्यवस्थाले मुलुकभरका ३० हजार सहयोगी कार्यकर्तालाई शिक्षक बन्ने अवसर प्रँप्त हुने भएको छ ।
मन्त्रालयमा छलफलमा रहेको शिक्षा नियमावलीको मस्यौदामा यस विषयलाई समावेश गरिएको मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताए । उनका अनुसार नियमावलीको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेको छ ।
सहयोगी कार्यकर्तालाई प्राथमिक तहको दरबन्दीमा रुपान्तरण गरिए पनि यस्ता शिक्षकहरु सिधै प्राथमिक तहका शिक्षकमा बढुवा भने हुन पाउने छैनन् । शिक्षा ऐनले इसिडीलाई विद्यालय तहमा गाभ्ने उल्लेख गरे पनि त्यहाँ कार्यरत सहयोगी कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट व्याख्या गरेको छैन ।
इसीडीका सहयोगी प्राथमिक शिक्षक शिर्षकमा सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
सबै हुने खानेलाइ मात्र हुने भो बिद्यालय कर्मचारी तथा लेखापामा कार्यरत 2072 सालदेखीका चै के गर्ने के उनिहरु अंगीकृत नागरिकता लिएका नागरिक हुन र छुट्याइएको
biddhyalaya karmachari lai kina bibed 2063 sammako matra karmachari manne ho vane 2072/6/2 ka karmachari chai k yo des nepal ko sautako chhora, chhori ho ? hoina vane kina hela ?
Good decision of education minister
ई सि डि का शिक्षकहरु पनि अाधारभु तहमा गाभ्नु पर्ने, नि मा तहका शिक्षहरु जाे प्रथम क्षेणिका सम्म छन तिनिहरुलाई पनि अाधारभुत तह भनेर घुमाउरो पाराले घटुवा गर्नु पर्ने।कत्राे ठुलाे चुनाैति छ याे विचराेे सरकारलाई !!!!