Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

सामुदायिक विद्यालयमा टाइ

बुधबार, १५ मंसिर २०७३

Tikaram Yatri's Profile Photo

Tikaram Yatri

नेपालमा निजी विद्यालय खुलेदेखि नै टाइ संस्कृति भित्रिए पनि योे आम प्रबृति र प्रचलन भइसकेको थिएन । तर पछिल्ला बर्षहरुमा सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यमलाई अनिवार्य बनाए जस्तै यो गलपासोलाई पनि बाध्यात्मक बनाउनु त्यही आधुनिक हुने नाममा पश्चिमी हुने होडको द्योतक हो । पाल्पाली ढाका टोपी र भाद्गाउने टोपीलाई राजामहाराजा र शासकको पोशाक बताउनेहरु समेत टाइको सांस्कृतिक पहिचानबारे बेखबर रहनु ताजुब लाग्दो बिषय हो । अरु त अरु राजनीतिज्ञ, उच्च प्रशासक तथा कथित कुलिनहरुको शिरमा देखिने टोपी र गालामा लड्किएको टाइ हाइब्रिडका नाममा भाग्राको टोपीमा गुयलाको फूल प्रतित हन पुगेको छ । परस्पर विपरित मुल्य संस्कृति बोक्ने पोशाक एकै पटक पहिरिनु फ्युजन होइन कन्फ्युजन हो ।

प्रतिक्रिया