Edukhabar
आइतबार, ३० बैशाख २०८१
जिव्रो

पुरस्कार या कार्वाही

बुधबार, २० फागुन २०७१
Hari Prasad Pokhrel

हाम्रो सिन्धुली जिल्लामा केही बर्षदेखि एस.एल.सी र उच्च माध्यमिक तहको परीक्षामा केन्द्राध्यक्ष छनौट गर्दा जिम्दारी प्रथा कायम गरिएकोछ । शिक्षा ऐन नियमावली विपरित सधै सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयको एउटै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाइने कार्य लोकतान्त्रिक संस्कारको पनि खिलाफमा छ । माध्यमिक तहको स्थायी शिक्षकले मात्र एस.एल.सी परीक्षाको केन्द्राध्यक्ष बन्न पाउने नियमको उपहास भइरहेको अवस्था छ । उमाविको केन्द्राध्यक्षमा पनि उही समस्या छ । यस्तो नियम विपरित कार्य गर्ने जिल्ला शिक्षा अधिकारीलाई कस्तो पुरस्कार या कार्वाही हुन्छ ?

प्रतिक्रिया