Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
जिव्रो

जनक शिक्षा सामग्री केन्द्र भित्र मौलाउदै गएको बेथिति

आइतबार, १७ फागुन २०७१

Tiger BardiyaTiger Bardiya जनक शिक्षा सामग्री  केन्द्रले आफ्नो स्थापना काल देखि नै उच्च गुणस्तरको छपाई कागजमा पाठ्य पुस्तकहरु छपाई गरि देशभर रहेका विधालयहरुमा अध्ययनगर्ने विधार्थीहरुको हात हातमा पुर्याउने उदेश्य राखेर नेपाल सरकारले स्थापना गरेको केन्द्रमा नेपाल सरकारको संस्थान बोर्डले नियुक्ति गरि अनिल कुमार झालाई पठाएको थियो ।

मिति २०६९ मंसिर २२ गते देखि प्रवेश गरे सगै केन्द्र दिन प्रति दिन विग्रदै गएको छ । बाबा पेपर मिल्सबाट कम गुणस्तरको कागजबाट पाठ्यपुस्तकहरु छपाई भएको छ,छपाई गर्ने कागजहरु कमतौलमा आएपनि पुरा भुक्तानी दिएको छ । एस एल सि को काममा आवश्यक्ता भन्दा बढि सामान हरु खरिद गरेर स्टोरमा थन्काएर राखेका छन । केन्द्रको चाैर भरी महिनौ देखि कागजका टुक्रा(झुरा) छरिएर रहेका छन । ३,४ पटक टेण्डरहुदा पनि झुरा लिलाम हुन सकेको छैन ।

टेण्डर प्रकृया बाट समयमै उच्च गुणस्तरको कागज खरिद गर्नु पर्नेमा सो नगरेर टेण्डर रद्द भयो । यसरी रद्द भए पछि करिव २ महिना सम्मा प्रेश बन्द भयो । अन्तमा झाले विशेष परिस्थिति सृजनागरि बाबाको कागजनै खरिद भयो । हाल प्राप्त भएका कागजहरु कम तौल भएको पाईएपनि झाको निर्देशनमा स्टोर प्रमुखले पुरा तौलको भुक्तानी दिएर पठाएका छन । केन्द्रको यस्तो अवस्था बाट गुर्जदापनि सम्वन्धित निकायको ध्यान पुग्न सकेको छैन । त्यसैले तिहा कार्यरत १० जनाले सयुक्त राजिनामा दिएका छन ।

प्रतिक्रिया