Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
जिव्रो

एडुखबरलाई सुझाव

सोमबार, ११ फागुन २०७१

Laxman Sharma

Laxman Sharma @ Edu Khabar , मित्रहरु पत्रपत्रिकाबाट पनि हामी शिक्षकहरुले कक्षा बाहिरका मामिलाहरुको बारेमा मात्रै पढ्न पाएकाछौं । आफ्नो कामलाई कमै सपोर्ट पाइन्छ। वास्तवमा शैक्षिक पत्रकारिताको पनि गुरुत्वकेन्द्र त बालबालिका र तिनको सिकाई नै भएकोले सो को लागि भएको तयारी, वातावरण र प्रकृया अवस्य पनि महत्वपूर्ण विषयवस्तु होलान्। यदि त्यसो हो भने कम्तिमा शिक्षण सिकाइका पछिल्ला अनुसन्धान, रचना र आविस्कारलाई पनि विषयवस्तु बनाउन सकिन्न र ? अर्थात शैक्षिक पत्रकारिता पनि अफिसकोठाबाट कक्षाकोठा भित्र पस्नुपर्ला कि ??

प्रतिक्रिया