Edukhabar
शनिबार, १५ बैशाख २०८१
जिव्रो

महोत्सवका लागि विद्यालय बन्द !

मंगलबार, ०५ फागुन २०७१

यो कस्तो सभ्यताको श्रङ्खला हो ?

महोत्सवका लागि विद्यालय बन्द !

हिजो गुलरिया नगरपालिका वरिपरिका विद्यालयहरु बन्द गरियो । भोलि कोहलपुर वरिपरिका विद्यालयहरु बन्द गर्ने कुरा सुनिदैं छ । जिल्ला शिक्षा कार्यालय बर्दिया, जिल्ला शिक्षा कार्यालय बाँके के हेर्दैछ ? यो अख्तियार के हेर्दैछ ? र यी अभिभावकहरु के हेर्दैछन ?

कोर्ष पुरा गर्न सकिएको छैन भन्ने शिक्षकहरु के हेर्दैछन ? शिक्षा अनुगमन गर्नेहरु के हेर्दैछन ? शिक्षाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाहरु के हेर्दैछन ?

यो कस्तो शिक्षा नीति हो नेपालको ? स्थानीय बिदा पनि एकैचोटी पर्छ र ?

कृपया जिल्ला शिक्षा कार्यालय बर्दियाका जीत बहादुर शाह, बाँके जिल्ला शिक्षा कार्यालयका देवेन्द्रराज खनाल र अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई यो प्रश्न सोधौं । यो कस्तो सभ्यताको श्रङ्खला हो ?

प्रतिक्रिया