काठमाडौं– हामी शिक्षकले ‘यो गरेन/त्यो गरेन’ भनेर गुनासो मात्र गर्दैनौं, परिआए शिक्षकलाई नै गाली गर्छौं । शिक्षकको सानो गल्तीलाई पहाड बनाउँछौं । शिक्षक भनेका आफ्नो सन्तानलाई पढाउने व्यक्ति हो भन्ने समेत बिर्सेर ‘यसरी नि पढाउने हो?/सिकाउने हो ?’ भनेर मुरमुरिन्छांैं ।
हुन त आफ्ना सन्तानको शिक्षा, स्वास्थ्य र भविष्यबारे कुन चाहिँ अभिभावक सजग नहोला र ? सोही कारण अभिभावकहरु समग्र भविष्यको लागि भन्दै आफ्ना सन्तानलाई विद्यालय पठाइरहेका छन् । यसैले विद्यालयबाट, प्रअबाट, शिक्षकबाट अभिभावकले धेरै कुरा अपेक्षा गरेको हुन्छ । अभिभावकहरु सन्तानलाई विद्यालय पठाउनुलाई मात्र मुख्य जिम्मेवारी ठान्छन् । तर यत्तिको आधारमा मात्र शिक्षकले गरिरहेको कामको आलोचना गर्न नहुने शिक्षाका सरोकारवालाहरुले बताएका छन् ।
‘हाम्रो काम स्कुल पठाउने हो, पढाउने, लेखाउने, सिकाउने काम विद्यालयका शिक्षकको हो’ मानसिकताका छन् । जसकारण अभिभावकहरुले भनेजस्तो भएन भने शिक्षक, विद्यालयप्रति गुनासो गर्छन् । तर ‘शिक्षकलाई गाली गर्नु/गुनासो गर्नु बेकार’ जस्तै भएको एक अध्ययन बाहिर आएको छ ।
विद्यार्थी जसको सिकाइप्रति अभिभावकले सीमित रुचि राख्छन्, तिनीहरुका सन्तानले कमै मात्र सिक्ने गरेका छन् । त्यति मात्र नभएर त्यस्ता अभिभावकका सन्तानले पढाइ पनि बीचैमा छोड्ने(ड्रपआउट) गरेको तथ्य बाहिर आएको छ ।
अभिभावकले सन्तानको पढाइप्रति दिएको समय तथा रुचिले पनि सन्तानले पढाइमा राम्र्रो गर्ने मात्र नभएर विद्यालय पनि नछोड्ने सो अध्ययनको निचोड रहेको छ । अमेरिकाका तीन विश्वविद्यालयका शिक्षाविद्हरुले सिकागोका १ सय ४० जना स्कुले विद्यार्थीहरुमा गरिएको तथ्यांक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।
सोही सन्दर्भमा बेलायतको नेशनल एकेडेमी अफ साइन्स, रोयल सोसाइटीको जर्नलमार्फत् प्राध्यापकहरुले ‘कसरी अनुत्तीर्ण हुने र स्कुल छोड्ने विद्यार्थीको संख्या घटाउन सक्छौं ?’ भन्ने प्रश्न पनि गरेका छन् ।
विश्लेषकहरुले शैक्षिक उपलब्धिलाई अभिभावकको सहभागितासँग जोडेका छन् । सोही सन्दर्भमा उनीहरुको एकमत छः‘शैक्षिक उपलब्धि बढाउने वा घटाउने भन्ने कुरा अभिभावकको सहभागिताले निर्भर गर्छ ।’
अनुसन्धाताहरुले अभिभावकसँग नबसेका विद्यार्थीहरुको स्कुल छोड्ने दर पनि बढी नै रहेको र अभिभावकसँग बसेका विद्यार्थीको सिकाइ उपलब्धिमात्र नभएर विद्याल य छोड्ने दर पनि कम रहेको उल्लेख गरेका छन् ।
सोही अध्ययनले विद्यार्थीको ड्रप आउट हुने हुने समस्याप्रति प्राध्यापकहरुले चिन्ता व्यक्त गर्दै
लेखेका छन् कि स्कुल छोड्ने विद्यार्थीको संख्या बढिरहेको छ । यति मात्र नभएर ठूलो संख्यामा रहेका विद्यार्थीको संगत स्कुल जानुलाई समयको बर्बादी गर्नु हो भन्ने सोचका विद्यार्थीसँग भएकोमा पनि सोच्नपर्ने जनाएका छन् ।
उनीहरुको पनि निचोड छ कि विद्यालयमात्र नभएर विद्यार्थीको भविष्य सुन्दर बनाउनका लागि अभिावकको प्रत्यक्ष संलग्नता निक्कै महत्वपूर्ण छ ।
फोटो : गुगल
कुरा सही हो अहिलेको सङ्क्रमण कालीन अवस्थामा सबै भन्दा बढि शिक्षक नै दोषी ठान्दछन् तर शिक्षको मर्का बुझ्ने कोही भएन।
अनुसन्धानले निकालेको निष्कर्ष सहि लाग्यो।अभिभाबकहरुले के मात्र निर्क्योल गर्छ भने शिक्षक बिद्यालय आएको छ कि छैन?समयमा आएको छ छैन ।तर आफ्नो छोराछोरीलाई समयमा विद्यालय पठाएको छ कि छैन ।लेख्ने कापि कलम दिएर पठाएको छ कि छैन? अनि विद्यालयबाट फर्केपछि आज के कति पढाई भयो भनेर आफ्ना बालबच्चालाई सोध्ने र गृहकार्य गर्न लगाउने जस्ता महत्वपूर्ण कर्तब्य अभिभाबकको पनि हो भन्ने बुझेर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
शिक्षकलाइ मात्र दोष दिएर केही हुदैन राम्रो को लागि शिक्षक , विद्यार्थी , अभिभावक तिनै पक्ष मिलेर गएमा राम्रो हने थियो कि।
That is absolutely right.
िवदधयालय समाजकाे एेना हाे भनेझैं विद्यार्थी काे सफलता अभिभावककाे िमहिनेत हाेे जस्तो लागछ तर असल ििशक्षककाे पनि महत्त्व पुरण भुमिका हुन्छ
िवदधयालय समाजकाे एेना हाे भनेझैं विद्यार्थी काे सफलता अभिभावककाे िमहिनेत हाेे जस्तो लागछ तर असल ििशक्षककाे पनि महत्त्व पुरण भुमिका हुन्छ