Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

नियमावलीमा नयाँ ब्यवस्था, शिक्षकलाई एकलाखको पुरस्कार

शनिबार, १५ माघ २०७३

काठमाडौं– शिक्षा मन्त्रालयले हरेक बर्ष एक जनालाई उत्कृष्ठ शिक्षक घोषणा गर्ने भएको छ । अर्थ मन्त्रालयबाट राय सहित सहमती आएपछि शिक्षा मन्त्रालयले कानुन मन्त्रालयमा पठाएको शिक्षा नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

मस्यौदामा क्षेत्रीय रुपमा एक/एक जनालाई पनि उत्कृष्ठ शिक्षक घोषणा गर्ने व्यवस्था गरिएको छ । नियमावलीको नियम २५७ मा राखिएको पुरस्कार सम्बन्धी व्यवस्थामा राष्ट्रिय र क्षेत्रीय विद्यालय शिक्षा सेवा पुरस्कारको ब्यवस्था गरिएको छ ।

पुरस्कारको राशी कति हुने भन्ने एकिन भने गरिएको छैन । ‘नियमावलीमा पुरस्कारमा रकम तोक्दा अर्थबाट थप सहमती लिनु पर्ने भएकोले तोकिएन’ एक सहसचिवले भने, ‘मन्त्रालयको आन्तरिक बजेटबाट व्यवस्थापन हुने गरी मिलाउँछौ ।’

नियम २५७ को उपनियम १ मा भनिएको छ, ‘मन्त्रालयले प्रत्येक बर्ष शिक्षा दिवसको अवसरमा विद्यालय शिक्षा सेवाका शिक्षकलाई निश्चित मापदण्ड र आधारमा छनौट गरी निश्चित रकमको राष्ट्रिय स्तरमा एक जनालाई उत्कृष्ठ विद्यालय शिक्षा सेवा पुरस्कार र पाँच विकास क्षेत्रबाट एक एक जना गरी पाँच जनालाई विद्यालय शिक्षा सेवा पुरस्कार प्रदान गर्नेछ ।’ राष्ट्रिय पुरस्कारको लागि एक लाख र क्षेत्रीयको लागि ५० हजार रुपैया दिने मन्त्रालयले आन्तरिक तयारी गरेको ती सहसचिवले बताए ।

अर्थ मन्त्रालयबाट सहमती पाइसकेपछि कानूनमा पठाउनु अघि मन्त्री सहितको बैठकले पुरस्कारको व्यवस्था थप गरेको हो ।

प्रतिक्रिया