Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

शिक्षक सेवा आयोग नै रोक्दै छ शिक्षक बन्न

बुधबार, ११ फागुन २०७३

विकास गिरी सर्वहारा's Profile Photo, Image may contain: 1 person, sitting, tree, outdoor and nature

विकास गिरी सर्वहारा

शिक्षक सेवा आयोगले यो वर्षको लागि अध्यापन अनुमती पत्रको आवेदन अझै मागेको छैन । यसले हजारौं विद्यार्थीलाई शिक्षक बन्नबाट रोकेको छ । अझै लाइसेन्सको आबेदन नमाग्दा अब हुने शिक्षक सेवा आयोगको परिक्षामा कसरी फारम भर्ने ? आयोग भिड्नको लागि लाइसेन्स आवश्यक पर्ने अनि लाइसेन्सको फारम समयमै नखोल्ने ? यो कस्तो चरित्र हो आयोगका पदाधिकारीको । उनीहरुको यस्तो कार्यले  विद्यार्थीमा पर्न गएको क्षतीको जिम्मेवारी लिन पर्छ कि नाईं ?

वार्षिक कार्यतालिका बनाउने अनि सोही बमोजिम कार्यसम्पादन नगर्ने ? परीक्षा गर्न सकिँदैन भने ११,१२ मा कार्यरतलाई मात्र किन अस्थायी लाइसेन्स दिने अरु जो शिक्षण पेशामा जान चाहन्छन उनिहरुले पनि पाउनु पर्यो नि । किन विभेद गरेको ?

यसबाट शिक्षण पेशामा जान चाहने धेरै विद्यार्थी रोकिन्छन् । कि तुरुन्त लाइसेन्सको आबेदन माग्नु पर्यो होइन भने सबैले अस्थायी लाइसेन्स पाउनु पर्यो ।

प्रतिक्रिया