Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे, मुख्य पदमा उनकै समुहको वर्चश्व

बुधबार, ११ फागुन २०७३

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनको अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित भएका छन् । अधिकाँश मुख्य पदमा उनकै समुहको वर्चश्व रहेको छ ।  अध्यक्षमा सम्बाहाम्फे सहित वरिष्ठ उपाध्यक्षमा डीके ढुङ्गाना र महासचिवमा राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । यी दुवै सम्बाहाम्फे प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचनमा खसेको कूल १६ सय २३ मत मध्ये उनले ८ सय ७१ प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी टीकाराम पुरीले ७ सय ५१ मत प्राप्त गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा ढुङ्गानाले १२ सय १६ मत ल्याए भने उनका प्रतिद्धन्दी सुमन गोपाल आचार्यले ३ सय ८९ मत प्राप्त गरे । यस्तै महासचिवमा बानियाँले ११ सय ३४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी गोपाल आचार्यले ३ सय ९५ मत प्राप्त गरे । य

सैगरी उपमहासचिवमा कुमार घिमिरेले ७ सय ३८ मत प्राप्त गरि विजयी भए । उनका प्रतिद्धन्दी भुवनलाल श्रेष्ठले ७३८ मत प्राप्त गरे । कोषाध्यक्षमा टंक भट्टराई ७ सय ३३ मत सहित विजयी भ एभने उनका प्रतिद्धन्दी सन्तोषमणि न्यौपानेले ७ सय २७ मत प्राप्त गरे ।  

खुल्ला उपाध्यक्षमा अनील कुमार झा, ईश्वर बहादुर गुरुङ्, आशिष श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएका छन् ।

यस्तै प्रदेश उपाध्यक्षमा प्रदेश अनुसार क्रमश शंकर थापा, गोपाल कार्की, शान्तविक्रम बानियाँ, पुष्पराज बराल, निर्मल उपाध्याय, नवराज गुरुङ् र प्रमबहादुर चन्द निर्वाचित भएका छन् । उपत्यका उपाध्यक्षमा विमल थापा निर्वाचित भएका छन् । यसैगरी सचिवमा आरवी कटुवाल, मधु लोहनी र भिमसेन केसी निर्वाचित भएका छन् । महिला सचिवमा संगिता सिलवाल निर्वाचित भएकी छन् ।

चुनाव अघि प्याब्सनको कुल मतदाता संख्या २२ सय ५० भनिएपनि चुनावका समयमा अध्यक्षको हस्ताक्षर भएका थप केही मतपत्र फेला परेपछि विवाद भएको थियो । त्यो विवादलाई सहमतीमा टुङ्ग्याउँदा २३ सय ५५ प्रतिनिधि तय भएकोमा १६ सय २३ मात्रै मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्याब्सन चुनावमा सत्ता समिकरण अनुसार नै दलगत रुपमा प्रतिस्पर्धा भएको थियो । दुवै समूहले आफूलाई पेशागत ब्यवसायिक समूहको दावी गरे पनि अध्यक्षका उम्मेद्वारको राजनीतिक पृष्ठभूमि र बाँकी उम्मेद्वार चयनमा दलगत प्रभाव प्रसस्तै भएको थियो ।

चुनावका लागि सत्ताधारी दल काँग्रेस र माओवादीका तर्फबाट बरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे र एमालेको तर्फबाट टीकाराम पुरीलाई अध्यक्षको उम्मेद्वार बनाईएको थियो । अन्य पदमा पनि सोही अनुसार उम्मेद्वार चयन गरिएको थियो । 

प्याब्सनमा चुनावी रन्को, ब्यावसायिक दावि गर्दै उम्मेद्वारी घोषणा

नीति नमान्ने एजेण्डा सहित उम्मेद्वारी घोषणा, शुल्क आफैं तोक्ने

सम्बाहाम्फे समूहका महासचिव उम्मेद्वार बानियाँ एमाले निकट भएपनि पुरी समूहले महासचिवको साटो बरिष्ठ उपाध्यक्ष दिने भएपछि अन्तिममा कित्ता परिवर्तन गरेका थिए । अहिल्यै बरिष्ठ उपाध्यक्ष भए आगामी महाधिबेशनमा अध्यक्ष हुन पर्ने भएपनि त्यो सहज नहुने आँकलन र बरिष्ठ उपाध्यक्ष भएको मान्छे महासचिवमा झर्नु पर्ने अवस्था उचित नहुने निस्कर्ष सहित उनले अन्तिम समयमा आएर कित्ता परिवर्तन गरेका हुन् ।

यो पनि पढ्नुहोस् : प्याब्सनमा तपाइँको नेतृत्व किन ? अध्यक्षका दुई उम्मेद्वारलाई प्रश्न

फोटो : सम्बाहाम्फे समूहले उम्मेद्वारी घोषणा गर्दाको पत्रकार सम्मेलनको

प्रतिक्रिया