सार्वजनिक विद्यालयको एउटा शिक्षक बढो सानका साथ “मैले व्यावसायिक रूपमा कुखुरा, बाख्रा पालेको छु, होटल पनि चलाको छु । बर्षमा यति आम्दानी गर्छु” भन्दै फुइँ लाउँछ । एउटा जिम्मेवार सञ्चार माध्यम उसको ब्यापारिक महिमा गाउँदै रिपोर्ट बजाउँछ !
शिक्षकको दायित्व बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । बालबालिकाको सिकाइमा कसरी सुधार ल्याउन सकिन्छ भनेर घोत्लिने हो । अतिरिक्त मेहनत पनि त्यसमै गर्ने हो । राज्यबाट तलब भत्ता खाने अनि विद्यालयमा गएर आफ्नो ब्यापारको नाफाघाटाको हिसाब निकाल्ने मान्छे शिक्षक होइन, ठग हो । कम्तिमा पनि जिम्मेवार सञ्चार माध्यमले त्यस्तालाई प्रोत्साहन नगरौं ।
शिक्षकका परिवारमा अरु सदस्य पनि हुन्छन् , मिलेर ब्यवसाय पनि चलाउनु पर्छ। तलबले मात्र सबथोक पुग्दैन। टेबुल मुनिबाट लिने नियत र अवसर शिक्षकमा हुँदैन । बरु घुस खानेले पनि घुस खान छोडेर पैसा कमाउन ब्यवसाय गर्नु नि । किन ब्यावसाय गर्ने शिक्षकले पढाएक छैनन् र? त्यस्तो शिक्षकलाई त कार्यवाही गरौन ।
ani k police army apf lai gotyjasto hola ta rajniti garnyni tacher ni hun
शिक्षकका परिवारको मेहनत र परिश्रमलाई यसरि खिल्ली उडाउन धेरैलाई मजा आउने हो कि डाहा भएर हो? शिक्षक बिद्यालयमा गएर सिकाउने नसिकाउने पक्षको मूल्यांकन गर्नु पर्यो त्यसको पनि त निकाय होलानी?कुर्चीमा बसेर टेबुल मुनिबाट कमाइ गर्न पल्केकाले परिश्रम र मेहनतलाई डाह गर्नु राम्रो होइन!