Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
खबर/फिचर

विद्यार्थीमात्र हो र? शिक्षक पनि अलमलमा, अझ भन्छन्, ‘छि, कस्तो अक्षर ?’

बुधबार, २३ चैत्र २०७३

काठमाडौं– कक्षा ४ मा अध्ययनरत दिशान श्रेष्ठको अक्षर असाध्यै फोहोर छ । अक्षर फोहोर भएकै कारण दिनहुँजसो उनले कक्षामा गाली खानुपर्छ । उनका शिक्षकले पटक–पटक कापीमा ‘राम्रो अक्षरमा लेख’ भनेर प्रतिक्रिया पनि लेखेर पठाए । अझ, कतिपटक त उनलाई दिनहुँ पाँच पाना अक्षर लेखेर ल्याऊ भनेर गृहकार्य पनि दिइएको छ । तर, उनको अक्षरमा कहिल्यै सुधार भए, उनको अक्षमा खासै परिवर्तन आएन । बरु उल्टै भएको अक्षर पनि बिग्रिन थाल्यो । परीक्षामा पनि नराम्रो अक्षर भएकैले उनको रोल नं.पनि पछिपछि पर्दै गयो । दिशानलाई अक्षर राम्रो बनाऊ भनेर सुझाउने उनका अभिभावक र शिक्षक पनि भन्दाभन्दा दिक्क भएका छन् ।
दिशान त एक प्रतिनीधि मात्र हुन्, उनीजस्ता विद्यार्थी हरेक विद्यालयमा भेटिन्छन् । राम्रो अक्षर नलेख्दा अधिकांश विद्यालय र शिक्षकका लागि प्रमुख चासोको विषय बन्नेमा हस्तलेखन पनि हो । जोरपाटी मावि, नंखेलका प्रअ हरिप्रसाद ढकाल पनि आफूले पढाएका विद्यार्थीको नराम्रो अक्षर देखेर दिक्क छन् । माध्यमिक तहमा नेपाली विषय पढाउने उनी आफ्ना विद्यार्थीलाई राम्रो लेख भनेर निर्देशन त दिन सक्छन्, तर यसरी नै लेख भनेर उपाय भने सुझाउन सक्तैनन् ।
ह्याण्डराईटिङको विषयमा विद्यार्थीमात्र होइन, सिकाउने शिक्षक पनि अलमलमा छन् । यही कारण पनि विद्यार्थीहरु शिक्षकले नरुचाउनेदेखि लिएर आफूले लेखेको आफैले नबुझ्ने खालका अक्षरसमम्म लेखिरहेका छन् । सुझाव दिन सजिलो तर कार्यान्वयन गर्न भने कठिन रहेको ह्याण्डराईटिङ कसरी लेख्ने भन्ने विषयमा भक्तपुरको जोरपाटी माविले शिक्षकलाई तालिम दिएको छ ।
सोही सन्र्दभमा विगत केही वर्षयताबाट ह्याण्डराईटिङ राम्रो बनाउन सकिन्छ भन्ने अभियान नै सञ्चालन गरिरहेका अभिषेक घिमिरेको पनि अनुभव यस्तै छ । ‘अधिकांश विद्यार्थीको अक्षर औसतभन्दा कमजोर छ । धेरैले अक्षर कसरी बन्छ, अक्षरको सही संरचना कस्तो हुन्छ भन्नेबारे थाहा पाएका छैनन् । भाइबहिनीले कलम सही तरिकाले समाउन जानेका छैनन् । अझ उदेकलाग्दो कुरा त के छ भने विद्यार्थी भाइबहिनी आफैँले लेखेको अक्षर पछि आफैँ बुझ्दैनन् ।’
तालिममा सहभागी शिक्षकले आफूले विद्यार्थीलाई अक्षर लेख्न सिकाइरहँदा अक्षर नभएर अक्षरको आकृति र चित्र मात्र सिकाइरहेको महशुस गरेको प्रअ ढकालले भने । उनले अक्षर लेख्ने कला शिक्षकलाई आवश्यक भएको बताउँदै अक्षरलाई अक्षरकै रुपमा उतार्नुपर्न भन्ने अनुभूति मिलेको बताए । तालिममा सोही विद्यालयका २५ जना शिक्षकहरु सहभागी छन् भने राम्रो लेख्ने तरिका प्रशिक्षक दीपक बाँस्कोटाले सिकाइरहेका छन् ।

 

प्रतिक्रिया