Edukhabar
शनिबार, २९ बैशाख २०८१
खबर/फिचर

संघीयतामा विश्वविद्यालयको स्वरुप अध्ययन गर्न समिति

मंगलबार, ०६ असार २०७४

काठमाडौं - विश्वविद्यालय अनुदान आयोगले संघीयतामा विश्वविद्यालयको स्वरुप तथा उच्च शिक्षाको सञ्चालन, व्यवस्थापन, नियमन सम्बन्धि अध्ययन गर्न प्राध्यापक डा. त्रिरत्न मानन्धरको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेको छ ।

आयोगका सदस्य सचिव देवराज अधिकारीका अनुसार समितिको अन्य सदस्यहरुमा प्रा.डा. केशरजंग बराल, प्रा.डा. रमेश भट्टराई, प्रा.डा. अब्दुल कैयूम, प्रा.डा. सिलु मानन्धर, शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र ढुंगेल रहेका छन् ।

समितिले तीन महिनाभित्र आफ्नो अध्ययन पूरा गर्नेछ । समितिले देश संघीय संरचनामा गइसेकेको अवस्थामा केन्द्रीय विश्वविद्यालय र प्रान्तिय विश्वविद्यालय हुनका लागि आवश्यक आधार, विषयगत विश्वविद्यालयका मापदण्ड, विश्वविद्यालयबीचको द्वन्द्व लगायतका विषयमा अध्ययन गर्ने अधिकारीले जनाए  ।

प्रतिक्रिया