Edukhabar
मंगलबार, ०८ जेठ २०८१
गतिविधि

दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक प्रा.डा. ध्रुवकुमार गौतम मध्यपश्चिममा र पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. विजुकुमार थपलियाको नियुक्ति

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं - मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा नयाँ उपकुलपतिको नियुक्ति भएको छ । त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक प्रा.डा. ध्रुवकुमार गौतम मध्यपश्चिममा र पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. विजुकुमार थपलियाको नियुक्ति भएको हो । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उनीहरुलाई मंगलबार नियुक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।  

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा. डा. गौतमलाई सिफारिस गरेको थियो । 

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो । 
छनौट समितिले दरखास्त हाल्नेहरुको कार्ययोजना र सोचपत्र प्रस्तुती गरी अन्तर्वार्ता लिएको थियो । 

प्रतिक्रिया