Edukhabar
मंगलबार, ०८ जेठ २०८१
खबर/फिचर

विद्यालय तहको विदेशी पुस्तक ५ सय प्रतिशत महँगो, शिक्षा मन्त्रालय बेखबर

एडुखबरले बजारमा पाइने विदेशी पुस्तक खरिद गरेर अध्ययन गर्दा अभिभावकलाई परेको मर्का र नियमन गर्ने निकायको कमजोरी एकै साथ फेला पारेको छ ।

मंगलबार, १८ बैशाख २०८१

 

काठमाडौं - सरकारको अनुमति विना निजी विद्यालयले प्रयोग गरेको विदेशी प्रकाशनका पुस्तक नेपाली मुल्य भन्दा ५ सय ५० प्रतिशतसम्म महँगोमा बिक्री भईरहेको छ । अनुमति नलिएका त्यस्ता अबैध पुस्तक निजी विद्यालयले प्रयोग गर्दा पनि शिक्षा मन्त्रालय र अन्र्तगतका निकायहरु बेखबर छन् ।

पाठ्यक्रमको अनुगमन नियमन र स्विकत गर्ने मन्त्रालय अन्र्तगतको निकाय पाठ्यक्रम विकास केन्द्र हो । तर, उसले कुनै कारबाही नगरेपछि सरकारको उक्त कमजोरीले अभिभावक ठगिएका छन् । अभिभावकलाई परेको मर्काका बारेमा एडुखबरले उजागर गर्ने प्रयास गरेको छ । नेपाली पाठ्यक्रमसंग मेल नखाने कक्षा १ देखि १० सम्मको विदेशी पाठ्यक्रम अनुसार तयार भएका अनिवार्य अंग्रेजी, विज्ञान, गणित लगायत विषयका पुस्तक सरकारबाट अनुमति नलिई आफुखुसी मुल्य राखेर बिक्रि भईरहेको छ ।  

बिना स्वीकृत र अनुमति एस चन्द स्कुल बुक्स, ओरेण्ट ब्याल्कस्वान, अक्सफोर्ड युनिभर्सिटी प्रेस, क्याम्ब्रिज युनिभर्सिटी प्रेस, न्यू सरस्वती हाउस, भी कनेक्ट एजुकेशन लगायतको पुस्तक बजारमा बिक्रि भइरहेको छ । यी पब्लिकेसन्सका कुनै पनि पुस्तक प्रयोग गर्न केन्द्रले अनुमति दिएको छैन । यी प्रकाशकको पुस्तकमा सरकारले तोकेको भन्दा ५ सय ५० प्रतिशसम्म महँगो मुल्य राखिएको छ । क्याम्ब्रिजको सबैभन्दा बढी ५ सय ५१ प्रतिशत, अक्सफोर्डको ३ सय ८२ प्रतिशतसम्म महँगो छ । त्यस्तै वरेन्ट ब्लाक स्वानको ३ सय ८ प्रतिशत, डीजी पब्लिकेसन्सको १ सय २३ प्रतिशतसम्म, एस चन्दको १ सय १९, भी कनेक्टले प्रकाशन गरेको पुस्तकमा ७९ प्रतिशत र न्यू सरस्वती पब्लिकेन्सको ९६ प्रतिशतसम्म महँगो मुल्य रहेको पाइएको छ । अक्सफोर्डको साइन्समा त स्टिकर टाँसेर मुल्य राखिएको छ । क्याम्ब्रिज र अक्सफोर्डको केही पुस्तकमा मुल्य समेत राखिएको छैन । बितरकले जति मुल्य तोक्ने हो त्यही राखेर अभिभावकलाई बिक्री गरिरहेका छन् । 

विद्यालय तहमा पढाई हुने सन्दर्भ सामाग्री पाठ्यक्रम विकास केन्द्रबाट अनुमति लिएको हुनु पर्ने कानुनी प्रावधान छ । शिक्षा नियमावली २०५९ को परिच्छेद ७ को नियम ३५ मा विद्यालयले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक केन्द्रले स्वीकृत गरेको सूचिमा रहेको हुनुपर्ने प्रावधान छ । त्यस्तै पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९ को दफा २७ उपदफा (१) मा पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङकन समितिको सिफारिसको आधारमा विद्यालय तहका पाठ्यसामग्री स्वीकृत गरी सूचिकरण गर्ने व्यवस्था रहेको छ ।

केन्द्रले ०७३ बैशाखमा (२१*२८)  साइजको पुस्तकको प्रति पेज १ रुपैयाँ पचास पैसा कायम गरेको छ । यो सबैभन्दा बढी मुल्य हो । (१८*२४)  साइजको पुस्तकको प्रति पेज १ रुपैयाँ ४५ पैसा मुल्य कायम गरिएको छ । यस अनुसार कक्षा ३ सम्मको ए फोर साइजको पुस्तक प्रति पेज १ रुपैयाँ ५० पैसा कायम गरिएको हो भने त्यो भन्दा माथिल्लो कक्षाको पुस्तकको प्रति पेज १ रुपैयाँ ४५ पैसा कायम गरिएको छ । 

एडुखबरले बजारमा पाइने विदेशी पुस्तक खरिद गरेर अध्ययन गर्दा क्याम्ब्रिज युनिभर्सिटी प्रेसको पुस्तक किन्दा अभिभावकले सबैभन्दा बढी खर्च गरिरहेका छन् । सरकारले क्याम्ब्रिजको ए लेभल अध्ययन गर्न मात्रै अनुमति दिएको छ । तर, निजी विद्यालयले १ देखि १० सम्म क्याम्ब्रिजको पाठ्यक्रम अध्ययन गराइरहेका छन् । अंग्रेजी, गणित र विज्ञान क्याम्ब्रिजकै पुस्तक किन्नु पर्ने बाध्यता छ । 

बाँसबारी स्थित मिल्सबेरीमा कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीलाई २० हजार चार सय ८५  रुपैंया मुल्यको पुस्तक खरिद गर्न लगाए पछि अभिभावकले बिरोध जनाएका छन् । बुढानिलकण्ठको एक स्टेशनरीबाट यति महँगो पुस्तक खरिद गर्नु पर्ने लिष्ट पाएपछि अभिभावकले बिरोध जनाएका हुन् । विद्यालयले स्टेशनरी र पुस्तकको मुल्य सहितको लिष्ट अभिभावलाई पठाएको छ । एउटा पुस्तकको कम्तीमा १ हजार ५ सय रुपैंया मूल्य रहेको छ । 

milsberry

विद्यालयका अध्यक्ष सुशिल दाहालले क्याम्ब्रिजको पुस्तक सन्दर्भ सामाग्रीको रुपमा मात्रै राखेको दाबी गरे । 

एडुखबरले कक्षा १ मा प्रयोग भएको क्याम्ब्रिजको अंग्रेजी, विज्ञान, गणितका चार वटा पुस्तक ६ हजार १ सय ३० रुपैयाँमा खरिद गरेको छ ।

कक्षा १ को अंग्रेजी २ सय ६२ पेज छ । हामीले उक्त किताब १ हजार ५ सय २० रुपैयाँमा खरिद गर्यौँ । यो पुस्तकको १ पेजको ५ रुपैयाँ ८० पैसा पर्यो । सरकारले यही साइजको पुस्तकको मुल्य प्रति पेज १ रुपैयाँ ५० पैसा मात्रै तोकेको छ । यस अनुसार यो पुस्तकको मुल्य ३ सय ९३ रुपैयाँ मात्रै पर्नु पथ्र्यो । यो पुस्तकको मुल्य २ सय ८५ प्रतिशत बढी हो । यो भन्दा बढी मुल्य कक्षा १ कै विज्ञानमा छ । १ सय ५४ पेजको प्राइमरी साइन्सको मुल्य १ हजार ५ सय ४ रुपैयाँ तिरेर हामीले खरिद गरेका छौं । उक्त पुस्तक सरकारले तोकिएको मुल्य अनुसार २ सय ३१ रुपैयाँ मात्रै लिन पाउँछ  । सरकारले निर्धारण गरेको मुल्य भन्दा ५ सय ५१ प्रतिशत बढी मुल्य लिएर बिक्रि गरेको पाइएको हो । 

ललितपुर स्थित पाटन बुक्सले क्याम्ब्रिजको पुस्तक बिरगन्ज भन्सार हुँदै आयत गर्ने गरेको छ । उसले पछिल्लो पटक ३ हजार ६ सय थान पुस्तक ल्याएको छ । पाटन बुक्सका सञ्चालक जितेन्द्र महर्जनले विद्यालयको माग अनुसार पुस्तक ल्याउने गरेको सरकारको स्वीकृति लिनु पर्ने बिषयमा जानकारी नभएको बताए । 

‘जुन मुल्यमा ल्याउने हो त्यही अनुसार बिक्री गर्छौँ’ उनले भने,‘हामीले आयत मात्रै गरेका हौँ । मुल्य र स्वीकृतिको बारेमा प्रकाशकसंग बुझ्नु पर्ने हुन्छ ।’ 

नेपाली बजार मुल्य भन्दा बढीमा बिक्री भइरहेको अर्को प्रकाशन हो–अक्सफोर्ड युनिभर्सिटी प्रेस ।

02_oxford

कक्षा चारको न्यू अक्सफोर्ड मोर्डन इङलिस १ सय ३६ पेज छ । हामीले ९ सय ५२ रुपैयाँ हालेर खरिद गर्यौँ । नेपाली बजार मुल्य अनुसार प्रति पेजको १ रुपैयाँ ४५ पैसा अनुसार यो पुस्तकको मुल्य १ सय ९७ रुपैयाँ मात्रै पर्नु पथ्र्यो । बजार मुल्य भन्दा ७ सय ५४ अर्थात् ३ सय ८२ प्रतिशत मंहगोमा यो पुस्तक थापाथली स्थित एकता बुक्सले बिक्रि गरिरहेको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका निजी विद्यालयले सरकारको अनुमति नलिएको अक्सफोर्डको यही अंग्रेजी पुस्तक पढाइरहेका छन् । एकताका सञ्चालक रामचन्द्र तिमोथीले विद्यालयको माग अनुसार पुस्तक आयत गरेर बिक्रि गरिरहेको बताए । 

‘अनुमति लिनु पर्ने शुल्कको बारेमा प्रकाशकले गर्ने गर्ने हो,’उनले भने,‘हामीले त बितरण मात्रै गरेका हौँ ।’ 

03_orentblackson

ओरेण्ट ब्लाकस्वानको कक्षा ५ को गुलमोहर ल्याङवेज फर लाइफ पुस्तक १ सय ३२ पेजको छ । यसको मुल्य ७ सय ८२ बिक्रि भइरहेको छ । पाठ्यक्रम विकास केन्द्रले तोकेको मुल्य अनुसार बिक्रि हुने हो भने यसको मुल्य १ सय ९१ रुपैयाँ मात्रै हुन्छ । पुस्तकको मुल्य सरकारले तोकेको भन्दा ३ सय ८ प्रतिशत बढी छ । 

त्यसै गरी बढी मुल्य लिनेमा डिजी स्कूलको कम्प्युटर किताब हो ।

didi_school

कक्षा ३ को  कम्प्युटर १ सय ३४ पेजको छ । यसलाई बजारमा ४ सय ५० रुपैयाँमा बिक्रि भइरहेको छ । सरकारले तोकेको मुल्य अनुसार यो पुस्तकको मुल्य २ सय १ रुपैयाँ मात्रै हुन्छ । यो प्रकाशनको पुस्तक सरकारले तोकेको भन्दा १ सय २३ प्रतिशत बढी मुल्य छ । 

नेपाली पुस्तक प्रकाशक संघका अध्यक्ष शान्त गौतमले नेपाली पुस्तक भन्दा धेरै गुना महँगोमा विदेशी पुस्तक बिक्री भइरहेको बताए । 

‘हामीले सरकारको तोकेको मापदण्ड पुरा गरेर अनुमति लिई तोकिएकै मुल्यमा बिक्रि गरिरहेका छौँ,’उनले भने,‘विदेशी पुस्तकको केहीले त नेपालमै छापेर बिक्री गरिरहेको छ । केही भारतबाटै ल्याएर सरकारको अनुमति नलिई महँगोमा बिक्रि गरिरहेको छ ।’ 

new_saraswoti

विदेशी पुस्तकलाई प्रतिबन्ध नलगाई सरकारको अनुमति लिएर निर्धारित मुल्यमा बिक्री गर्ने व्यवस्था हुनु पर्ने सरकारलाई पनि अनुरोध गरेको उनले बताए । प्रकाशक संघले एक साता अघि अनुमति नलिएका विदेशी पुस्तकको नियमन गरिदिन माग गर्दै पाठ्यक्रम विकास केन्द्रमा समेत ज्ञापनपत्र बुझाइसकेको छ । 

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले विदेशी पुस्तक कसैले पनि अनुमति नलिएको बताए । 

‘बजारमा अनुमति नलिएको विदेशी पुस्तक पढाइरहेको भन्ने गुनासो आएकोले  अनुगमन भइरहेको छ । अनुमति बिना विदेशी पुस्तक प्रयोग गर्नु नै कमजोरी छदैँछ,’उनले भने,‘बढी मुल्य लिएर पुस्तक बिक्रि गर्नु अर्को कमजोरी हो । बजार अनुगमन गर्दा बढी मुल्यको विदेशी पुस्तक प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याउँछौ ।’ 

कुन प्रकाशनको पुस्तकमा कति मूल्य विस्तृतमा हेर्नुहोस् 

प्रकाशक  पुस्तकको नाम   पेज संख्या (चार कलर)  पाठ्यक्रम विकास केन्द्रले तोकेको मूल्य   बजारमा बिक्रि भईरहेको  मूल्य  सरकारले तोकेको र बजार मूल्य बिचको अन्तर (प्रतिशतमा)  
अक्सफोर्ड 
Oxford reading circle 
५६
७८.४ 
२०४.८  
१६१.२२
क्याम्ब्रिज
Cambridge express
५८ ८७ १५२ ७४.७१
अक्सफोर्ड  New communication to communicate course book 5 १५२ २२०.४ २८८ ३०.६७
अक्सफोर्ड New communication to communicate course book 1 १२० १७४ २३२ ३३.३३
क्याम्ब्रिज Cambridge primary english 1 २६२ ३९३ १५२० २८६.७६
अक्सफोर्ड
New oxford moedrn english 4
१३६ १९७.२ ९५२ ३८२.७५
अक्सफोर्ड
Progresive science helth and physical 4
२०० २९० ३५२ २१.३७
अक्सफोर्ड Progresive science helth and physical 2 १६८ २४३.६ २८८ १८.२२
अक्सफोर्ड
Easy english grammer 1
८४ १२१.८ १२८ ५.०९
अक्सफोर्ड
Progresive science helth and physical 1
१३६ १९७.२ २३२ १७.६४
ओरेण्ट ब्ल्याकस्वान 
Gul mohar languege for life 5
१३२ १९१.४ ७८२.४ ३०८.७७
अक्सफोर्ड
New oxford moedrn english 6
१३६ १९७.२ ९०४ ३५८.४१
अक्सफोर्ड
Discovering myself 
८८ १२७.६ ४०८ २१९.७४
भि कनेक्ट एजुकेशन 
Dashbord computer science series 4
१४४ २१६ ३७० ७१.२९
भि कनेक्ट एजुकेशन 
Dashbord computer science series 5
१६० २४० ४१० ७०.८३
अक्सफोर्ड
New communication to communicate A
६८ १०२ २४० १३५.२९
एस चन्द स्कुल 
Computer learning  1
६४ ९६ २०० १०८.३३
एस चन्द स्कुल 
Computer learning  3
९६ १४४ ३०४ १११.११
भि कनेक्ट एजुकेशन
The english circle 8
२०४ २९५.८ ३०२ २.०९
एस चन्द स्कुल 
PC wren's grammer 5
१४४ २१६ ४०० ८५.१८
एस चन्द स्कुल  PC wren's grammer 6 १६० २४० ४४८ ८६.६६
न्यु सरस्वती हाउस 
Saraswati grammer 8
२४८ ३५९.६ ४९६ ३७.९३
अक्सफोर्ड
New oxford moedrn english 7
१४४ २१६ ९१२ ३२२.२२
अक्सफोर्ड
Discovering myself 8
८८ १२७.६ ४०८ २१९.७४
अक्सफोर्ड
Discovering myself 5
८० ११६ ४०८ २५१.७२
अक्सफोर्ड Discovering myself 1 ६४ ९२.८ ३२० २४४.८२
क्याम्ब्रिज
Cambridge primary mathmatics 1
२६४ ३९६ १५२० २८३.८३
क्याम्ब्रिज
Cambridge global english 1
१८४ २७६ १५८६ ४७४.६३
क्याम्ब्रिज
Cambrige science 1 
१५४ २३१ १५०४ ५५१.०८
भि कनेक्ट एजुकेशन
The english circle 1
५२ ७८ १४० ७९.४८
अक्सफोर्ड
Progresive science helth and physical 5
२०० २९० ३५२ २१.३७
एस चन्द स्कुल 
Science mission 5
१६४ २४६ ५१२ १०८.१३
एस चन्द स्कुल 
Science mission 6
२३२ ३७१ ८१६ ११९.८२
एस चन्द स्कुल 
Science mission 4
१३६ १९७.२ ४३२ ११९.०६
एस चन्द स्कुल 
Computer learning  2
८८ १३२ २७२ १०६.०६
न्यु सरस्वती हाउस
Mental Math 5
१५२ २२८ ४४८ ९६.४९

 

यो पनि 
अनुमति बिना विदेशी पाठ्यपुस्तक बजारमा छ्यापछ्याप्ती
 

प्रतिक्रिया