Edukhabar
शनिबार, १० माघ २०८२
खबर/फिचर

अस्थायी शिक्षकको परीक्षा एक साता पछि सर्यो, बाढी पहिरोको 'बहाना'

मंगलबार, ३१ साउन २०७४

काठमाडौं - भदौ ३ गतेका लागि तय गरिएको अस्थायी शिक्षकको परीक्षा अन्तिम समयमा आएर एक साता पछि सारिएको छ । बाढी पहिरोको 'बहाना' बनाएर शिक्षक सेवा आयोगले परीक्षा सार्ने निर्णय गरेको हो । अब भदौ १० गते शनिबार परीक्षा हुने छ ।

'कतिपय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको र परीक्षार्थीहरु समेत परीक्षा केन्द्रसम्म आवात जावत गर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उक्त परीक्षा २०७४ भाद्र १० गते शनिबार विहान ११ बजे पूर्व घोषित पीक्षा केन्द्रमा नै हुने गरी संशोधन गरिएको' आयोगद्धारा जारी सूचनामा उल्लेख छ ।

यसबाट परीक्षाकेन्द्र सम्म पुगेका परीक्षार्थीमा पर्न गएको असुविधा प्रति आयोगले दुख समेत ब्यक्त पनि गरेको छ ।

बाढी पहिरो आएको यतिका दिन सम्म निर्णय नगरेर अन्तिममा आएर गरिएको आयोगको निर्णय परीक्षा नगर्ने मनशायबाट प्रेरीत भएको अड्कल पनि काटिएको छ ।

'आयोगलाई परीक्षा सार्न निकै दवाव थियो, यतिका दिन सम्म केही नबोलेर कर्मचारी परीक्षा केन्द्र हिँडेकै दिन निर्णय गर्नुले आयोगका पदाधिकारीले दवाव थेग्न नसकेको पुष्टि भएको छ' आयोगका एक बरिष्ठ कर्मचारीले नाम नबताउने सर्तमा भने, 'अस्थायी शिक्षकको समस्या समाधान गर्ने स्वर्णिम मौका गुम्ने त हैन भन्ने खतरा पनि संग सँगै उब्जिएको छ ।'

मंगलबार मात्रै आयोगको टोली पोखराका लागि हिँडेको थियो ।

पढ्नुहोस् : शिक्षक परीक्षाका लागि आयोगको टोली सम्बन्धित क्षेत्रमा जान शुरु

आयोगका अध्यक्ष ताना गौतमले सोमबार मात्रै परीक्षा नसर्ने दावी गरेका थिए । आयोगले ऐनमा भएको ब्यवस्था अनुसार परीक्षा गर्न लागेको भन्दै उनले हल्लाको पछि नलाग्न आग्रह गरेका थिए ।

पढ्नुहोस् : अस्थायी शिक्षकको परीक्षा सर्ने कुरा 'हल्ला' मात्रै : आयोग अध्यक्ष गौतम

शिक्षक सेवा  सोमबारै मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ सहितको टोली आयोग पुगेर परीक्षा सार्न दवाव दिएको थियो ।

परीक्षामा फेल भएपनि सुविधा पाउनु पर्ने माग सहित अनसनमा बसेका शिक्षकका प्रतिनिधि, शिक्षक महासंघका पदाधिकारी र शिक्षा मन्त्रालय बिच आईतबार भएको वार्तामा मुलुकमा आएको बाढी पहिरोलाई बहाना बनाएर परीक्षा सार्ने बारे छलफल भएको थियो ।

प्रतिक्रिया