Edukhabar
मंगलबार, १० भदौ २०८२
खबर/फिचर

एसईई पूरकको नतिजा आज

आइतबार, ०८ असोज २०७४

भक्तपुर - गत साउन १९ गतेदेखि सञ्चालन भएको एसईई ग्रेड वृद्धि परीक्षाकोे नतिजा आज आईतबार सार्वजनिक हुँदै छ । परीक्षाफल प्रकाशन अघि दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

देशभरबाट एक लाख ५० हजार परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन आवेदन भरेका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

परीक्षा लिएको झण्डै २ महिना सम्म नतिजा सार्वजनिक नगर्दा कक्षा ११ को रजिष्ट्रेशन फारम भर्न समस्या भएको थियो ।

ग्रेड वृद्धिको लागि ‘सी’ र त्यस भन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान छ । गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथे ।

तर, यस वर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डी’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले पनि ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था मिलाइएको थियो । क्ष्सले गर्दा ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीको संख्या बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको  छ ।

प्रतिक्रिया