काठमाडौं - संसदले पास गरे पनि राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी शिक्षा ऐनको नवौं संशोधन विधेयक एडुखबरले प्राप्त गरेको छ ।
अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक प्रतिस्पर्धामा उनन्चास प्रतिशतको साटो पचहत्तर प्रतिशत र खुलामा एकाउन्न प्रतिशतको साटो पच्चीस प्रतिशत हुने गरी संसदले ऐन संशोधन गरेको छ । उक्त ब्यवस्था बमोजिम पदपूर्तीको लागि शिक्षक सेवा आयोगबाट भएको विज्ञापन बमोजिम परेको अस्थायी शिक्षकको दरखास्त कायमै राखी ऐन प्रारम्भ भएपछि उम्मेदवार हुन चाहनेहरुको लागि कम्तीमा सात दिनको अवधि दिई पुनः दरखास्त आह्वान गर्ने उक्त संशोधनमा ब्यवस्था गरिएको छ ।
गत असोज ३ गतेको संसद बैठकबाट पारित उक्त विधेयकले सार्वजनिक शिक्षा ध्वस्त हुने भन्दै चौतर्फि विरोध जारी छ ।
अस्थायी शिक्षकलाई नै सेवामा सहुलियत दिएको र नयाँ शिक्षक छनौटको बाटो बन्द गरेको भन्दै विरोध भईरहेको छ ।
हेर्नुहोस् संसदद्धारा पारित शिक्षा ऐनको नवौं संशोधन
यो पनि पढ्नुहोस् : शिक्षाको कालो दिन
प्रतिक्रिया