Edukhabar
बुधबार, ११ भदौ २०८२
खबर/फिचर

राष्ट्रपतिबाट प्रमाणीकरण भएको शिक्षा ऐन, जस्ताको त्यस्तै

सोमबार, ०६ कार्तिक २०७४

काठमाडौं - विरोधका बावजुद सोमबार राष्ट्रपतिबाट शिक्षा ऐन नवौं संशोधन विधेयक प्रमाणीकरण भएको छ । योग्य शिक्षक छनौटमा बञ्चित गर्दै संसदले पारित गरेको उक्त संशोधन प्रमाणीकरण गर्न नहुने भन्दै चौतर्फी विरोध भएको थियो । उक्त लविङ्को प्रभाव स्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीले ऐन प्रमाणीकरण गर्ने मिति धकेल्दै गएकी थिईन् ।

तर पनि राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिन भित्र प्रमाणीकरण भईसक्नु पर्ने कानूनी ब्यवस्था अनुसार अन्तिम दिन सोमबार प्रमाणीकरण गरेकी हुन् । संसदले पारित गरेको विधेयक फिर्ता गर्न सक्ने प्रावधान भएपनि राष्ट्रपति विवादमा पर्न नचाहेकोले अन्तिम दिन प्रमाणीकरण गरेकी हुन् ।

पढ्नुहोस् उक्त खबर : अन्तिम दिनमा शिक्षा ऐन प्रमाणीकरण, राजपत्रमा छापिएपछि मात्रै शिक्षक आयोगले काम अघि बढाउने

प्रमाणीकरण भएको ऐनको पूर्ण बिवरण

 

प्रतिक्रिया