Edukhabar
मंगलबार, ०३ असार २०८२
गतिविधि

आठ हजार एक सय ५० विद्यार्थी दीक्षित

मंगलबार, २७ फागुन २०८१

विराटनगर - पूर्वाञ्चल विश्वविद्यालयमा अध्ययन गरेका आठ हजार एक सय ५० विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी ओलीको उपस्थितिमा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ ।

दीक्षित हुनेमा कला संकायका दुई सय चार, कानुनका चार सय सात, शिक्षाशास्त्र संकायका नौ सय छ, व्यवस्थापन संकायका दुई हजार दुई ४९, चिकित्साशास्त्र संकायका दुई हजार एक सय ९८, विज्ञान तथा प्रविधि संकायका  छ सय ५४ तथा इञ्जिनियरिङ संकायका एक हजार चार सय ४२ विद्यार्थी रहेका छन् ।

फोटो : प्रधानमन्त्रीको सचिवालय 
 

प्रतिक्रिया