Edukhabar
मंगलबार, १७ असार २०८२
खबर/फिचर

शिक्षकको आवधिक बढुवा र अस्थायी सेवा अवधि गणनामा सहमती

२०७५ साल चैत मसान्तसम्म स्थायी नियुक्त भएका शिक्षकको निवृत्तिभरण र उपदान प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवा अवधिबाट गणना गरिने

शनिबार, १४ असार २०८२

काठमाडौं - प्रतिनिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षकको आवधिक बढुवा र अस्थायी सेवा अवधि गणनामा सहमती जुटेको छ । शनिबार बसेको समितिको बैठकमा शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ती गर्दा तृतीय श्रेणीको पदमा १० बर्ष र द्धितीय श्रेणीको पदमा १२ बर्ष सेवा अवधि पुरा गरेको शिक्षक आवधिक बढुवाको लागि योग्य हुने विषयमा सहमती जुटेको हो । 

यस्तै अस्थायी सेवा अवधि गणनामा पनि सहमती जुटेको छ । सहमती अनुसार २०७५ साल चैत मसान्तसम्म स्थायी नियुक्त भएका शिक्षकको निवृत्तिभरण र उपदान प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवा अवधिबाट गणना गर्नेमा सहमती जुटेको हो । 

* जेष्ठता र कार्य सम्पादनको मूल्याँकनको आधारमा शिक्षकलाई आवधिक बढुवा गर्न उपसमितिमा सहमती भएो थियो । आवधिक बढुवा हुनको लागि पछिल्लो पाँच बर्षको कार्यसम्पादन मूल्याँकन, औषतमा ९० प्रतिशत भन्दा कम हुन नहुने, सम्बन्धित श्रेणीमा एक महिनाको सेवा कालिन तालिम प्राप्त गरेको नभएमा, निलम्बन भएको सो अवधि भर बढुवा रोक्का भएमा रोक्का अवधि भर, तलब वृद्धि रोक्का भएमा रोक्का भएको अवधि भर, नसियत पाएको भए एक्त अवधि भर आवधिक बढुवा नहुने उपसमितिमा सहमती भएको थियो । 

शिक्षक महासंघका केही पदाधिकारीले भने ९० प्रतिशत कहिल्यै नपुग्ने तर्क गर्दै ८० मा झार्न लविगं गर्दै आएका छन् । 

समितिले पारित गरेको निर्णय : 

teacher baduwa_2teacher_baduwa_1

* अपडेट - सं.

प्रतिक्रिया