Edukhabar
शुक्रबार, २६ असार २०८३
गतिविधि

बिना अनुमति कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामाथि मन्त्रालयको निगरानी

राजनीतिक दलका उच्च तहका नेताहरुसँग पहुँच भएकै आधारमा कतिपय विद्यालय सञ्चालकहरुले बलमिच्याई गरेको फेला परे पछि मन्त्रालयको चासो

विहीबार, २५ असार २०८३

काठमाडौ - अनुमति नलिई कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्थाको बारेमा जानकारी दिन शिक्षा मन्त्रालयले आह्वान गरेको छ । अनुमति नै नलिएको विषयमा अनुमति प्राप्त गरेको भनी प्रचारप्रसार गरी विद्यार्थी एवम् अभिभावकहरूलाई गलत सूचना प्रवाह गरेको फेला परे पछि मन्त्रालयले निगरानी बढाएको हो । 

राजनीतिक दलका उच्च तहका नेताहरुसँग पहुँच भएकै आधारमा कतिपय विद्यालय सञ्चालकहरुले बलमिच्याई गरेको फेला परे पछि मन्त्रालयले चासो देखाएको हो । मन्त्रालयले त्यस्ता संस्थाका बारेमा जानकारी दिन सार्वजनिक आह्वान गरेको छ ।  

'अनुमति प्राप्त नगरी विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरेको भएमा त्यस्ता शैक्षिक संस्थाको बारेमा लिखित रूपमा विद्यालय शिक्षा शाखाको इमेल ठेगाना [email protected] मा जानकारी दिन' मन्त्रालयले आह्वान गरेको हो ।

विद्यालय तहका शैक्षिक कार्यक्रमहरू विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर मन्त्रालयबाट अनुमति प्राप्त गरी सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, ठूला भनिएका केही निजी विद्यालयले विद्यमान कानूनी प्रबन्धलाई खुलेआम चुनौती दिदैं आएका छन् । उनीहरुले आफ्ना साईनबोर्ड, यातायातका साधन, ब्रोसर र वेबसाईटमा त्यस्ता कार्यक्रमका स्टिकर टाँस्दै सार्वजनिक सञ्चार माध्यम लगायत सामाजिक सञ्जाल मार्फत् समेत प्रचार प्रसार गर्दै आईरहेका छन् । केही शैक्षिक संस्थाहरूले अनुमति नलिई ए लेबल, सीबीएसई, आईबिडिपी लगायतका विद्यालय तहका शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

अनुमति बिनै आईबीडिपी कार्यक्रम सञ्चालन गर्दै आएका केही ठूला भनिएका निजी विद्यालयका कार्य बारे एडुखबरले यस अघि शिलशिलेबार रुपमा प्रकाशन गरेका केही खबर पढ्नुहोस् :

अबैध आईबी

धमाधम हटाउन थाले अवैध आईबीको लोगो

काठमाडौंको सानो भर्याङ स्थित स्वस्तिश्री गुरुकुल, टोखाको यूरो स्कूल, तीनकुनेको ह्वाइट हाउस, ललितपुरको युलेन्स, प्रिमियर, जिनियस र माछापुच्छ्रे स्कूल र पोखरामा फिष्टेल सेकेण्डरी एकेडेमीले स्विजरल्याण्डको आईबी कार्यक्रम सञ्चालन गरिरहेका छन् । जब की ललितपुरको युलेन्स र प्रिमियरले ११ र १२ मा मात्रै सरकारबाट आईबी डीपी कार्यक्रम सञ्चालनको अनुमति पाएका छन् । अरुले त्यही अनुमति पनि लिएका छैनन् । त्यस लगत्तै  अवैध आईबीमा भर्ना नगर्न आग्रह गरे पनि त्यस्ता संस्थालाई कारवाही गर्न मन्त्रालयले आनाकानी गर्दै आएको थियो । 

पछिल्लो समय अन्य थप केही विद्यालयहरुले पनि आफ्नो विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको गलत प्रचार गर्दै आएका छन् । 

केही नेपाल ऐनलाई संशोधन गर्न सरकारले गत बैशाखमा जारी गरेको अध्यादेशमा अवैध रुपमा सञ्चालित त्यस्ता विदेशी पाठ्यक्रमलाई बैधानिकता दिने प्रवन्ध पनि राखिएको थियो ।

पढ्नुहोस् :  अवैध आईबीलाई वैध बनाउन शिक्षा ऐनमा संशोधन

प्रतिक्रिया