Edukhabar
मंगलबार, १८ बैशाख २०८१
खबर/फिचर

धमाधम हटाउन थाले अवैध आईबीको लोगो

एडुखबरले गरेको खोजमा यो विद्यालयले आइबीको १ देखि ५ कक्षासम्मको  पीवाइपी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

शनिबार, २४ चैत्र २०८०

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति बिना स्विजरल्याण्डको आईबी कार्यक्रम सञ्चालन गर्ने विद्यालयले आफ्नो कमजोरी स्वीकार गर्दै धमाधम साइन बोर्ड निकाल्न थालेका छन् । 

ललितपुरको एकान्तकुना स्थित माछापुच्छ्रे स्कुलले गेटमा राखेको आईबीको लोगो र आईबी स्कुल लेखेको अक्षर शनिवार  हटाएको हो । 

एडुखबरले गरेको खोजमा यो विद्यालयले आइबीको १ देखि ५ कक्षासम्मको  पीवाइपी कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम सञ्चालन गर्न शिक्षा मन्त्रालयको अनुमति नभएको एडुखबरले समाचार प्रकाशित गरेको थियो । 

शिक्षा मन्त्रालयले आईबी कार्यक्रममा भर्ना नहुन अभिभावकलाई आग्रह गरिसकेको छ । यस्ता अवैध रूपमा सञ्चालन भएका विद्यालयलाई कारबाहीको तयारी समेत भइरहेको मन्त्रालयले जनाएको छ । ‘स्वीकृत बिना सञ्चालन नभएका विद्यालयमा भर्ना गर्न सूचना जारी गरिसकेका छौ,’शिक्षामन्त्री सुमना श्रेष्ठले भनिन,‘थप कारबाहीको प्रक्रिया पनि अघि बढाउँछौ ।’ 

कक्षा १ देखि १२ सम्मको विद्यालय शिक्षा स्थानीय तह मातहत भए पनि अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट अनुमति लिनु पर्ने हुन्छ । यस्ता विद्यालयलाई मन्त्रालय तहबाटै कारबाही गर्न सक्छ । मन्त्रालयले शिक्षा ऐन र विदेशी मुद्रा अपचलन सम्बन्धी कानुन टेकेर कारबाहीको तयारी गरेको हो । 

आइबी कार्यक्रम काठमाडौँको तीनकुने स्थित ह्वाइट हाउस स्कुल, सानो भ¥याङको स्वस्तीश्री गुरुकुल, टोखाको काठमाडौँ युरो स्कुल, ललितपुरको प्रिमियर स्कुल, माछापुच्छ्रे, जिनियस स्कुल र पोखराको फिस्टेल एकेडेमीले अवैध रूपमा आइबी कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

 

यो पनि 

एक्सक्लुसिभ : अवैध आईबी
अवैध आईबीमा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा मन्त्रीको तजबिजमा चल्छन्, विदेशी कार्यक्रम चलाउने कलेज
 

 

 

 

प्रतिक्रिया