Edukhabar
शनिबार, १० साउन २०८२
अन्तैवाट

शिक्षा र कृषिको विकास आवश्यक – मन्त्री पोखरेल

शनिबार, ०८ जेठ २०७३

काठमाडौँ, ८ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकको विकासका लागि शिक्षा र कृषिमा जोड दिन आवश्यक रहेको बताएका छन् ।  बुटवल उद्योग वाणिज्य सङ्घमा शनिबार आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्ध राष्ट्र बनाउन कृषिको विकासबाट मात्र सम्भव भएकाले सरकारले कृषि क्याम्पसलाई प्राथमिकता दिन लागेको जानकारी गराए । 

यसैबीच, युवा उद्यमी मञ्च बुटवलले आयोजना गरेको ‘सामाजिक उत्तरदायित्व’ विषयक अन्तरसंवादमा पूर्वमुख्य सचिव लीलामणि पौडेलले नेपालमा परिवर्तनका लागि अहिले सबैभन्दा उपयुक्त समय र अवसर भएकाले त्यसलाई नगुमाउन युवालाई आग्रह गरे ।  पौडेलले भ्रष्टाचार अनियमितताको अन्त्य गरी सुशासन कायम गर्न नागरिक नै सचेत हुनुपर्ने बताए । 

पूर्वमुख्य सचिव पौडेलले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेकाले युवालाई विदेश जाने होइन स्वदेशमा नै स्वरोजगारको वातावरण बनाउन पनि युवा उद्यमीलाई आग्रह गर्दै युवालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखेका थिए । 

रासस 

 

प्रतिक्रिया