Edukhabar
शनिबार, १० साउन २०८२
अन्तैवाट

विश्वविद्यालय बन्द नगर्न आग्रह

सोमबार, १० जेठ २०७३

काठमाडौँ, ११ जेठ । नेपाल संस्कृत विश्वविद्यालयलाई असर पुग्ने गरी भएको तालाबन्दीप्रति प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालले आपत्ति जनाएको छ ।  पहिलेदेखि नै आर्थिक समस्यामा रहँदै आएकामा विश्वविद्यालयमा थप समस्या सिर्जना हुने गरी भइरहेका गतिविधिप्रति सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गरी चिन्ता व्यक्त गरेको छ । 

सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा सङ्घका तर्फबाट नेपाल संस्कृत विश्वविद्यालय प्रतिनिधि विष्णुप्रसाद पोख्रेलले जारी गरेको विज्ञप्तिमा विमतिलाई वार्ताका माध्यमबाट समाधान गर्न आग्रह गरिएको छ । 

प्रत्येक समस्याको समाधान तालाबन्दी नै हो भन्ने गलत मानसिकताका कारण विश्वविद्यालयलाई अहिले सामान्य समस्याले जटिल बनाउँदै लगेको जनाउँदै विज्ञप्तिमा वार्ताबाहेक अन्य प्रक्रिया अपनाउँदा आउने परिणामको जिम्मेवारी तालाबन्दी गर्ने सङ्गठनतर्फ ध्यानाकर्षण गराइएको छ । 

दाङको बेलझुन्डीमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा यही जेठ ६ गतेदेखि अनिश्चितकालका लागि जनाउँदै तालाबान्दी गरिएको छ ।

रासस 

 

प्रतिक्रिया