Edukhabar
आइतबार, ११ साउन २०८२
अन्तैवाट

भारतबाट प्रमाणपत्र ल्याएर सई, अख्तियारद्धारा भ्रष्टाचार मुद्धा

बुधबार, १२ जेठ २०७३

काठमाडौँ, १३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायव निरीक्षक सुधिर विक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।

नायव निरीक्षक शाहले सुधिर बिहार इन्टरमिडियट शिक्षा परिषद् पटना, भारतबाट सन् १९९५ मा आई।ए। तह उत्तीर्ण गरेको भनि पेश गरेको शैक्षिक प्रमाण पत्र नक्कली भएको ठहर गर्दै आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो।

सई शाहबिरुद्ध भ्रष्टाचार निवारण ऐन २०१७ र भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम हुने दण्ड सजायको मागदावी सहित विशेष अदालतमा मुद्धा दायर गरेको आयोगले जनाएको छ।

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया