Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

लाईसेन्स बिनाका शिक्षक दुर्घटनाका कारक

आइतबार, ३० कार्तिक २०७१

- देउमान लिम्बु

बिना लाइसेन्स शिक्षण गर्न दिनु भनेको कसैलाई बिना लाइसेन्स सवारी साधन चलाउनु दिनु जस्तै हो । एक असक्षम चालकले कुनै वर्तमान व्यतिको ज्यान लिन सक्छ तर बिना लाइसेन्सको एक असक्षम जनशक्तिले मानब इतिहासमा पुस्तौ सम्म क्षति पुर्याउन सक्छ ।

नेपाल सरकारले अंग्रेजी, गणित, बिज्ञान र प्राबिधिक जस्ता केहि बिषयहरुमा बिना  (license) लाइसेन्स अध्यापन गर्न दिने जस्ता बहसलाइ अघि सारेको छ, आयोग लड्न समेत, यो एक हचुवाको भरमा ल्याइएको बहस हो । यस अभ्यासलाई साच्चिकै ब्यहबारमा ल्याइए देशले शिक्षा क्षेत्रमा ठुलो दुर्घटना खप्नु पर्ने छ ।

केहि राजनीतिज्ञहरु र संघ संघठनका दलालहरुको इसारामा सरकार यस्तो व्यवस्था गर्न आतुर देखिन्छ । यो कार्य सायद बिना लाइसेन्स कार्यरत हजारौ शिक्षकहरुलाइ (जो नेताहरुका कार्यकर्ताहरु समेत हुन्) अख्तियारको नजरबाट बैधानिक बनाउन समेत हुन् सक्छ ।  यस्तो कार्यको खुलेर बिरोध गरौं सरकरले दुर्गम क्षेत्रमा ९जहाँ लाइसेन्स धारी जनशक्ति अभाव छन् , सुगम क्षेत्रका जनशक्तिलाई थप सुबिधा वा incentive दिएर सदुपयोग गर्न सक्छ । यस्तो अभ्यासले लाइसेन्स लिन सबैलाई उत्साह दिन्छ साथै लाइसेन्स सिस्टमले स्थायित्व समेत पाउछ ।

मलाई लाग्छ जहाँ सम्म अंग्रेजी र गणित बिषयमा लाइसेन्स अभाब जनशक्तिको कुरो सत्य होइन । म आफै सो बिषयहरुको जनसक्ति हुँ । गत बर्षको आयोगले अंग्रेजी र गणितका धेरै प्रतिस्पर्धीहरु भएको प्रमाणित गरिसकेको छ । बिचमा लाइसेन्स को नतिजा समेत निस्किएको छ । बिज्ञान बिषयको जनशक्ति थोरै अभाव होला कतै कतै । गत बर्षको आयोगले धेरै बिज्ञान का बिद्यार्थीहरुलाई एक बर्षे बि एड गर्न प्रोत्साहन गरेको छ  । यो बिषयको समस्या पनि एक डेढ वर्षामा नै समाधान हुन्छ ।

प्राबिधिक बिषय इन्जिनियरिंग, कम्प्युटर, मेडिसिन जस्ता faculty मा कुसल शैक्षिक जनशक्ति  तयार गर्न सरकारले गुरु योजना सहित education, foundation, psychology जस्ता बिषयहरु यसै फेकेल्टिमा ऐक्षिक रुपमा राख्नु पर्छ ताकी केहि प्राबिधिक बिध्यार्थीहरु पछि गएर लाइसेन्स सहितका योग्य शिक्षक हुन् सकुन । सरकारले प्राबिधिक शैक्षिक जनशक्तिलाइ दयगलम ष्अिभलकभ पनि दिन सक्छ हाललाई, केहि बर्ष भित्रमा लाइसेन्स लिइसक्नु पर्ने गरि । शिक्षा क्षेत्रसंग सम्बन्धित सबैलाई चेतना भया ।

- लिम्बुको फेसबुकबाट / Deuman Limbu

प्रतिक्रिया