Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

प्रारम्भिक सिकाईमा केन्द्रित पत्रिका सार्वजनिक

आइतबार, १० असोज २०७२

काठमाडौं १० असोज / प्रारम्भिक सिकाईमा केन्द्रित आहा बालपत्रिका सार्वजनिक गरिएको छ । ६ देखि ८ बर्षका बालबालिकालाई लक्षित गरी सिकाई समूहले प्रकाशन गरेको उक्त पत्रिका आईतबार एक कार्यक्रमका बिच बालबालिका तथा शिक्षा क्षेत्रमा कृयाशिल व्यक्तिहरुले संयुक्त रुपमा लोकार्र्पण गरे ।

प्रारम्भिक सिकाई र मनोरञ्जनलाई केन्द्रमा राखेर पत्रिका प्रकाशन शुरु गरेको समूहले जनाएको छ । पत्रिकामा कथा, गीत, कार्टुन र खेल समाबेश गरिएको छ । कतिपय सामाग्री बालबालिका आफैंले तथा कतिपयमा अभिभावकको साथबाट गर्नु पर्ने गरी पत्रिका तयार पारिएको छ ।
पत्रिका लोकार्पण कार्यक्रममा शिक्षाविद् प्रा. केदारभक्त माथेमाले पत्रिकाले बालबालिकामा पठन पाठनको संस्कृति विकास गर्न सघाउने र ज्ञानको विस्तार हुने अपेक्षा गरेको बताए । शिक्षा मन्त्रालयका सहसचिव डा.लवदेव अवस्थीले यो पत्रिकाले बालबालिकालाई केन्द्रित गरेर तयार पार्ने पाठ्यक्रम निर्माणमा मन्त्रालयलाई समेत पृष्ठपोषणमा सघाउने अपेक्षा गरे ।

पढाई जहिले पनि यातना जस्तो महशुस भएकाले बालबालिकाको पठन पाठन आनन्ददायी बनाउने प्रयास स्वरुप पत्रिका प्रकाशन गरेको प्रधान सम्पादक शरच्चन्द्र वस्तीले  बताए । अभिभावकलाई लक्षित गरी यस अघि समूहले प्रकाशन गरेको हामी आमाबाबुको सफलताले बालबालिका केन्द्रित काम गर्न हौस्याएको प्रवन्ध सम्पादक सुदर्शन घिमिरेले बताए ।

प्रतिक्रिया