Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

सूर्योदय आइकनको उपाधी अधिकारी र शाहीलाई

मंगलबार, २९ भदौ २०७२

काठमाडौं २९ भदौ / सूर्योदय ज्योति आवासीय माध्यमिक विद्यालयले गरेको सूर्योदय आइकनको उपाधी कक्षा ९ का अनिकेत अधिकारी र कक्षा ८ का विशाल शाहीले संयुक्त रुपमा प्राप्त गरेका छन् । नृत्यका आधारमा उनिहरु आइकनका रुपमा छनौट भएका हुन् । नृत्य निर्देशक राशि भण्डारी, कम्पोजर नरहरी प्रेमी र विद्यालयका कोअर्डिनेटर अर्जुन गिरीको निर्णायक मण्डलले उनीहरुलाई चयन गरेको हो । 

३६ औं बालदिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि तीनसम्म प्रथम समूहबाट प्रथम, द्धितिय र तृतीय क्रमशः ममिना राई, एलिस कटुवाल र ओम बिक्रम थापा , कक्षा ४ देखि ६ सम्म दोस्रो समूहबाट प्रथम, द्धितिय र तृतीय क्रमशः आयोनेश भट्टराई र विश्वास मगर, गृष्मा हुमागाईं र प्रसिद्धि पराजुली र ७ देखी १० सम्म तेस्रो समूहवाट अनिकेत अधिकारी र विशाल शाही प्रथम शृङ्खला एण्ड समूह द्धितिय र राजकुमार राई तृतीय घोषित भए ।

आइकन विजेतालाई ट्रफी र  विजेता विद्यार्थीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएकोे थियो । कार्यक्रममा सोही समूहका एकल  तथा समूहगत गरी जम्मा ५८ जनाको सहभागिता थियो । विद्यालय तथा शिक्षक शिक्षिकाहरूका तर्फबाट सम्पूर्ण विद्यार्थीलाई उपहार समेत प्रदान गरिएको थियो ।

यसैगरी निर्णायक मध्येका एक सुरसंगीत विद्यालय पुतलीसडकका अध्यक्ष प्रेमीले उत्कृष्ट तीन विद्यार्थी  राजकुमार चेपाङ्, डेभिड तामाङ् र सुमिर गिरीलाई रु ३ हजार बराबरको उपहार तथा संगम विष्ट, साकार दाहाल, आयोनेश भट्टराई, मामिना राई, एलिस कटुवाल, अनिकेत अधिकारी र विशाल शाही गरी सात जनालाई विशेष उपहार प्रदान गर्ने घोषणा गरे ।

विद्यालयका प्रधानाध्यापक एवं निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याव्सनका अध्यक्ष लक्ष्यबहादुर के.सीले विद्यार्थीको चौतर्फी विकासका साथै प्रतिभा प्रस्फुटनका लागी कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा अभिनेत्री ऋंंचा शर्मा, गायिका रजिना रिमाल, फोटोग्राफर राजभाइ सुवाल र नायक गजित विष्ट समेत उपस्थित थिए । 

प्रतिक्रिया