Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

७ बर्ष पछि साझाको साधारण सभा

सोमबार, २८ भदौ २०७२

काठमाडौं २८ भदौ / विगत ७ वर्षदेखी बस्न नसकेको साझा प्रकाशनको साधारण सभा यहि असोज १६ गते बस्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर प्रकाशनका महाप्रवन्धक डोलिन्द्र प्रसाद शर्माले मिति सार्वजनिक गरेका हुन् ।

आर्थिक अनियमितता सहित विभिन्न प्रशासनिक समस्याका कारण सञ्चालक समिति नै भङ्ग हुने अवस्थामा पुगे पनि नयाँ सञ्चालक समितिको व्यवस्था भएसंगै संस्थाको २३ औं साधारण सभा गर्न लागेको उनले बताए ।  साधारण सभाले सञ्चालक समितिलाई पूर्णता दिने पनि उनले बताए । तीन वर्षदेखी हुन नसकेको लेखा परिक्षणलाई पनि समयमा नै गराउने उनले प्रतिबद्धता जनाए । 

सञ्चालक समितिका सदस्यहरु पूर्व मन्त्री द्धय दीनानाथ शर्मा र प्रदीप नेपाल तथा कृष्णहरी बराल समेतका ब्यक्तिहरु उपस्थित उक्त पत्रकार सम्मेलनमा उनले प्रकाशन सुधारका लागि १४ बुदें कार्यक्रमको अवधारण समेत प्रस्तुत गरे । निजी प्रकाशनको हकमा कसैमाथी पक्षपात नगरिएको, उत्पादन गर्नमा रोक पनि नलगाउने तर नियन्त्रण गरी उत्पादन गर्न दिने उनले बताए । उनले ऋण शिर्षकमा राजकिशोर यादव र दीनानाथ पन्तले लगेको ६ ६ लाख रुपैंया उठाएको पनि बताए ।

आर्थिक रुपमा जर्जर देखिएपनि साझा डुबेको नभई डुबाइएको र काम गर्ने वतावरण मिले १ वर्षमा साझाले कोल्टे फेर्ने दावी गरे ।

आगामी शैक्षिक सत्रको लागि आवश्यक पाठ्यपुस्तक उत्पादन जनक शिक्षा र साझा प्रकाशनले गर्ने तथा साझा प्रकाशनले बिक्री वितरण गर्ने गरी भएको नीतिगत निर्णयमा विश्वस्त हुन शिक्षा मन्त्री चित्रलेखा यादवले भनेको बताउँदै उनले सोही अनुसार पाठ्यपुस्तक छपाई जारी रहेको पनि बताए ।

यो पनि पढ्नुहोस् :  पाठ्यपुस्तक छाप्ने चटारोमा साझा

साझाले सरकारसंग २० करोड रुपैयाँ उपलव्ध गराउन माग गरेकाचे र सोही अनुसार प्रकृया अघि बढेको समेत उनले बताए ।

प्रतिक्रिया