Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

सांकेतिक भाषालाई मान्यताको माग गर्दै विद्यार्थीको प्रदर्शन

विहीबार, २४ भदौ २०७२

काठमाडौं २४ भदौ / नयाँ बन्ने संविधानमा आआफ्ना अधिकारको ग्यारेण्टि गर्ने माग भईरहेका बेला विभिन्न बहिरा विद्यालयका विद्यार्थीले नेपाली सांकेतिक भाषालाई राष्ट्रिय मान्यता दिन माग गर्दै प्रदर्शन गरेका छन् ।

राष्ट्रिय बहिरा महासंघ नेपालसँग समन्वय गर्दै नक्साल बहिरा स्कुल, काभ्रे बहिरा स्कुल र भक्तपुर सि.वि.आर. बहिरा स्कुलका विद्यार्थीले बानेश्वरमा बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेपाली सांकेतिक भाषालाई राष्ट्रिय मान्यता दिन, मस्यौदा संविधान शंसोधन प्रक्रियामा धारा ६ को राष्ट्र भाषामा नेपाली सांकेतिक भाषालाई समावेश गर्न, धारा ३१ (४) को शिक्षा सम्बन्धी महलमा भएको भाषिक त्रुटि सच्याउन तथा सांकेतिक भाषा र यसको दोभाषे प्रयोग गर्न पाउने बहिरा समुदायको अधिकारलाई मौलिक हकमा समावेश गर्न अपिल गरेका छन् ।

सरकारले आफ्ना मागमा ध्यान नदिए अनशनमा बस्ने चेतावनी दिएको महासंघका अध्यक्ष रामकुशल पन्तलाई उधृत गर्दै दोभाषे निकेतन श्रेष्ठले बताए । 

तीन लाख नेपाली बहिराहरुको प्रयोग गर्ने नेपाली साङ्केतिक भाषाको विकास र विस्तारको दायित्व बहन गर, दोभाषे प्रयोग गर्ने बहिरा नागरिकको अधिकार संविधानमा सुनिश्चित गर लगायतका प्ले कार्ड बोकेर विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया