Edukhabar
बुधबार, ०५ बैशाख २०८१
गतिविधि

साक्षरताको महत्व : पढ्नलाई उमेरले छेक्दैन

मंगलबार, २२ भदौ २०७२

काठमाडौं २२ भदौ / शिक्षा दिवस एवं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उपत्यकाका विभिन्न महिला माध्यमिक विद्यालयहरुले साक्षरताको महत्व दर्शाउँदै चेतनामुलक र्याली निकालेका छन्  ।

तीनकुने स्थीत उत्प्रेरणा महिला माध्यमिक विद्यालय, चावहिल स्थीत ज्ञानज्योती महिला माध्यमिक विद्यालय र नयाँ बजार स्थीत नमुना महिला माध्यमिक विद्यालयले र्याली निकालेका हुन् । र्यालीमा महिला शिक्षालाई लक्षित गरी “शिक्षित नारी, हाम्रो चिनारी”, “पढाइलाई उमेरले छेक्दैन”, “नारी शिक्षा आजको आवश्यकता” लगायतका नारा र प्ले कार्डको प्रदर्शन गरिएको थियो ।

शंख ध्वानीबाट सुरु भएको उत्प्रेरणा महिला माध्यमिक विद्यालयको र्याली सुविधानगरबाट सुरु भई तीनकुनेको परिक्रममा गर्दै स्कुलको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक सुमित्रा मैनालीले शिक्षाले सुनौलो विहानी ल्याउने बताउँदै विद्यालयले सम्पूर्ण विद्यार्र्थीलाई निरन्तर शिक्षा प्रदान गर्न तत्पर रहेको बताईन् ।

यसैगरी शंख ध्वनीबाटै सुरु भएको ज्ञानज्योती महिला विद्यालयको र्याली मित्रपार्कबाट सुरु भई चावहिल चुच्चेपाटी हुँदै मित्रपार्कमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै जिल्ला शिक्षा कार्यलयका विद्यालय निरिक्षक योगेश्वर भट्टराईले शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्दै शिक्षाका माध्यमवाट जिविकोपार्जन गर्न सजिलो हुने बताए ।

नयाँ वजारको नमुना महिला माध्यमिक विद्यालयले आफ्नै विद्यालयको प्राङ्गणवाट सुरु गरेको र्यालीले सोह्रखुट्टे, टाउन प्लानिङ्ग हुदैंै विद्यालय प्राङ्गणमा पुगेर विर्सजन भएको थियो । र्यालीमा नयाँ वजार सामुदायिक अध्ययन केन्द्र, स्थानीयवासिन्दा तथा अक्सफोड कलेजका सम्पूर्ण शिक्षक र विद्यार्थीको सहभागिता थियो ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अनौपचारिक शिक्षा केन्द्रले उपत्यकाका ४ वटा महिला माध्यमिक विद्यालयहरुलाई प्रभातफेरी सहित र्याली आयोजना गर्न भनेका ेथियो ।  गठ्ठाघरको आस्था महिला माध्यमिक विद्यालयले परीक्षा सञ्चालन भईरहेकोले र्याली आयोजना गर्न नसकेको जनाएको छ ।

प्रतिक्रिया