Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

साक्षरता दिवसको अवसरमा गरिएको निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक

आइतबार, २० भदौ २०७२

काठमाडौं २० भदौं / अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अनौपचारिक शिक्षा केन्द्रले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला निबन्ध प्रतियोगिताकोे नतिजा सार्वजनिक भएको छ । “दिगो विकासका लागि साक्षरता” नामक विषयमा आयोजित प्रतियोगितामा अर्जै –३, गुल्मीका रमेश अर्याल प्रथम, विराटनगर–१६, मोरङकी भावना पौडेल द्वितीय र लोकन्थली–१६, भक्तपुरका गेहनाथ गौतम तृतीय भएको अतिरिक्त क्रियाकलाप उप समितिका संयोजक बद्री प्रसाद पौडेलले जानकारी दिए ।

प्राज्ञ प्रा.डा. हेमाङ्गराज अधिकारी, त्रिभुवन विश्वविधालय नेपाली विभागका रमेश भट्टराई र पाठ्याक्रम विकाश केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले गरेको मुल्याङ्कनको आधारमा विजेता छनौट गरिएको हो ।

पहिलो हुनेले नगद रु २५ हजार सहित प्रमाण पत्र, द्धितीयले नगद रु १५ हजार सहित प्रमाण पत्र र तृतीयले रु १० हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् । उनले विजेताहरुलाई अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा भदौं २२ गते आयोजना हुने मूल समारोहमा पुरस्कार वितरण गरिने बताए ।

प्रतियोगितामा सहभागी सबै जनालाई प्रशंसा पत्र प्रदान गरिने छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई केन्द्रले सप्ताहव्यापी रुपमा मनाईरहेको छ ।

प्रतिक्रिया