Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

साक्षरता दिवसका अवसरमा वक्तृत्वकला र वादविवाद प्रतियोगिता

बुधबार, १६ भदौ २०७२

भक्तपुर १६ भदौ / ३६ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा अनौपचारिक शिक्षा केन्द्रले उपत्यका ब्यापी नव साक्षरहरुको वक्तृत्वकला र अनौपचारिक प्रौढ विद्यालयहरुका बीच माध्यमिक तह स्तरीय वादविवाद प्रतियोगिता आयोजना गरेको छ । 'पढेर भन्दा परेर जानिन्छ' शिर्षकमा वादविवाद र 'मेरो जीवनमा साक्षरताले ल्याएको परिवर्तन' शिर्षकमा वकृत्वकला गरिएको थियो ।

बुधवार भक्तपुर स्थिति केन्द्रमा आयोजित कार्यक्रममा वादविवाद तर्फ प्रेरणा महिला विद्यालय, ललितपुरकी हिरा थपलिया प्रथम, ज्ञान ज्योति महिला विद्यालय, काठमाडौँंकी एलिसा सुवेदी द्वितीय, उत्प्रेरणा महिला विद्यालय तिनकुनेकी सुवा गुरुङ तृतीय र सोही विद्यालयकी समीक्षा भट्टराईले सान्त्वना स्थान हासिल गरे । त्यस्तै वक्तृत्वकला तर्फ कुम्भेश्वर सामुदायिक अध्ययन केन्द्र ललितपुरकी सपना गौतम प्रथम, सैँवु सामुदायिक अध्ययन केन्द्र ललितपुरकी चञ्चला महर्जन द्वितीय, जागृति सामुदायिक अध्ययन केन्द्र काठमाडौँकी रुपा कुँवर तृतीय र इमाडोल सामुदायिक अध्ययन केन्द्र ललितपुरकी सुशिला श्रेष्ठले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम हुनेले प्रमाण पत्र सहित रु ५ हजार, द्वितीयले प्रमाण पत्र सहित रु ३ हजार, तृतीयले प्रमाण पत्र सहित रु २ हजार र सान्त्वना स्वरुप प्रमाण पत्र सहित रु १ हजार पुरस्कार प्राप्त गरे । कार्यक्रमका सहभागी सबै विद्यार्थी र संस्थालाई पनि प्रमाणपत्र दिइएको थियो ।

वादविवादमा १० जना र वक्तृत्वकलामा ९ जना सहभागि थिए ।

कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले अनौपचारिक शिक्षालाई रोजगारी र सिपका लागी प्रयोग गरिनु पर्ने बताउँदै शिक्षालाई रोजगारीसँग जोड्नु पर्ने बताए । राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा केन्द्रले भदौ १६ देखी २२ गते सम्म साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरी मनाउने तय गरेको केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया